२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार नेप्से परिसूचक ३० अंकले बढेर १९६५.९६ विन्दुमा बन्द



अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक ३० दशमलव ३३ अंक उकालो लागेको छ । यस दिन शेयर बजार १ हजार ९६५ दशमलव ९६ विन्दुमा पुगेको हो । 

कारोबारमा आएका २०२ ओटा कम्पनीमध्ये १२३ ओटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ ओटा कम्पनीको शेयर मूल्य घटेका छन् । त्यसैगरी १४ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। सोमबार २०२ ओटा कम्पनीको १ करोड २३ लाख ८२ हजार ४८२ कित्ता शेयर ६४ हजार ९३८ पटकमा रू. ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ४८२ बरावरको शेयर खरीदविक्री भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको रू. ७२ करोड ८८ लाख ६९ हजारभन्दा बढीको शेयर खरीदविक्री भएको हो । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको रू. ५७ करोड ३९ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । आइतवार राजनीतिक अन्योलतका कारण बजार ९६ अंक घटेको थियो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये व्यापार समूहको परिसुचक १ दशमलव ९३ प्रतिशत, होटल समूहको परिसूचक १ दशमलव २ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशलमव १९ प्रतिशत घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३ दशमलव ०४ प्रतिशत वृद्धि भएको छ । 

यस दिन सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर मूल्य ९ दशमलव ९० प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७७७ पुगेको छ ।दोस्रोमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव २२ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी सोमबार सबैभन्दा बढी नारायणी डेभलपमेण्ट बैंकका शेयरधनीले धेरै गुमाएका छन् । बैंकको शेयर मूल्य ९ दशमलव ८७ प्रतिशतले घटेर रू. ४८४ मा झरेको छ । त्यसैगरी दोस्रोमा युनाइटेड इदी मर्दी कम्पनीको शेयर मूल्य ९ दशमलव ८५ प्रतिशतले घटेको छ ।