१९ माघ २०८१, शनिबार
,
Latest
टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण ‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहालले सरकारलाई घेराबन्दी गरेर छापामार शैलीमा अविश्वास प्रस्ताव लैजाने अनैतिक कार्य गरे –टोपबहादुर



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली निकट सदस्यहरु सम्मिलित केन्द्रीय समितिको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा शुरुमा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले सम्बोधन गर्नुभएको छ । रायमाझीले आफ्नो पार्टीको अध्यक्षले नेतृत्व गरेको सरकारलाई घेराबन्दी  गर्ने  र पार्टी फुटाउने कार्य  गरेका कारण दाहाललाई साथ दिन नसकेको बताउनु भएको थियो ।

रायमाझीको अभिव्यक्ति पछि बैठकमा गडगडावट ताली बजेको एक सदस्यले  जानकारी दिए । आफ्नै अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव  लैजाने  यस्तो अनैतिक नेतृत्वलाई कसरी साथ दिन सकिन्छ भन्दै रायमाझीले आफनो भनाई राख्नु भएको छ । बैठकमा अन्य वक्ताहरुले आफनो घारणा राखिरहेका छन् ।