२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार शेयर बजार ५७.३८ अंकले बढ्यो, एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार



अ+ अ-

काठमाडौं । मंगलबार नेप्से कारोबार भएको पहिलो घण्टामा परिसूचक ५७ दशमलव ३८ अंकले बढेको छ । शेयर बजार पहिलो घण्टामा १ हजार ९८७ दशमलव ४८ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव ९२ प्रतिशतले बढेर २ हजार ०२३ दशमलव ३४ विन्दुमा पुगेको छ ।

कारोबारको पहिलो घण्टामा नबिल बैंक र समृद्धि फाइनान्सको शेयरमूल्यको ९ दशमलव ९९ र ९ दशमलव ७६ प्रतिशतले बढेको छ । यस अवधिसम्म एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २६ करोड ५१ लख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८४४ मा कारोबार भइरहेको छ ।

यस अवधिमा १९३ ओटा कम्पनीको रू. १ अर्ब ८८ करोड ४४ लाख बराबरको ३४ लाख १७ हजार ५५० कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार १५ हजार ४६५ पटकको व्यापारमा भएको हो ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य २ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।