काठमाडौ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय महाधिवेशन आयोजक कमिटीका थप गरिएका सदस्यहरुलाई सपथ गराउनु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीको प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी सोमबार मनोनयन गर्नु भएको सदस्यलाई आजको बैठकले अनुमोदन गर्दै अध्यक्ष ओलीले सपथग्रहण गराउनु भएको हो ।











