काठमाडौँ । मंगलबार देशभर थप ७ सय २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ७ हजार जनाको पिसिआर परिक्षणमा ७ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ९ सय ६६ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसंगै मृतको संख्या १७ सय ९८ पुगेको छ ।











