१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जान्छौः प्रकाशशरण महत

ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जान्छौः प्रकाशशरण महत
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रश्ताव लिएर आफूहरु राष्ट्रपति समक्ष जाने बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्कमल दाहाल पदमुक्त हुने बित्तिकै उहाँले संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो कुरा बताउनुभएको हो । प्रवक्ता महतले उहाँले ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको दावी समेत गर्नुभयो । सबैभन्दा ठूलो दलको सहमती रहेकाले ओलीलाई ७६ (२) अनुसार प्रधानमन्त्री बन्न समस्या नहुने उहाँको तर्क थियो । प्रवक्ता महतले सरकार गठन प्रक्रिया अघि बढेपछि पार्टीले मन्त्रीहरु चयन गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सार्वभौम संसद नेपाली जनताले चुनेर पठाएको सांसदहरुले निर्णय गरेका छन् । अनि यो निर्णय कहीँ बाहिरबाट भएको भन्न मिल्छ ? आरोप त जहाँ जे लगाई दिन पनि भइहाल्छ नि । नेपालमा आरोप लगाउनका लागि कुनै ठूलो कुरो छैन । यो भ्रमपूर्ण हो, कपोलकल्पित भएको हो, निराधार हो । हामीले पहिलो चरणमा ओलीजीलाई समर्थन गर्ने भनेका छौं । त्यसमा हामी प्रतिवद्ध छौं । त्यही अनुसार हाम्रो प्रस्ताव राष्ट्रपति कहाँ जान्छ । पहिला त संसदको जानकारी राष्ट्रपतिजीको जानु प¥यो । संसद सचिवालयले त्यो गरिसकेपछि दोस्रो चरणमा त्यो काम हुन्छ । पार्टीको तर्फबाट सरकारमा जानेहरुको नामावली प्रक्रिया अघि बढे पछि थाहा र्भइहाल्छ नि । हामी पहिलेनै प्रतिवद्ध छौं कि ३ को प्रयोग कुन बेला हुन्छ भने जुन बेला यो सहमतीको कुरा आउँदैन थियो भने सबैभन्दा ठूलो दललाई आह्वान गर्ने संविधान अनुसार हो । तर सबभन्दा ठूलो दलले नै अब हामीले यो प्रश्ताव गरेका छौं भनेर राष्ट्रपतिजी कहाँ गईसकेपछि २ अनुसार बनाउन मलाई लाग्छ–कुनै समस्या हुने म देख्दिन ।’

प्रवक्ता महतले काँग्रेस एमालेबीचको नयाँ सत्तासमिकरण वाह्य शक्तिले गराएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको आरोपमा कुनै सत्यता नभएको दाबी समेत गर्नुभयो ।