१६ श्रावण २०८३, शनिबार
,
Latest
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोस्टमबाटै गृहमन्त्री लामिछानेको चुनौती – मलाई ठग प्रमाणित गरेर जेल हाल्नुस्



photo:rss
अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई ठग प्रमाणित गरेर जेल हाल्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावबारेको छलफलमा भाग लिँदै उनले आफूलाई जेलमा हालेर देखाउन नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनौती दिएका हुन् ।

लामिछानेले आफूमाथि सहकारीसहितका अनेक काण्डमा जोडेर ठग प्रमाणित गर्न लागिएको बताए । ‘मलाई ठग प्रमाणित गर्नुस्, म जेल जान तयार छु । तर अहिलेको उपलब्धि तलमाथि हुन दिन्नँ’, उनले भने, ‘यदि हामी जेल जानुपर्‍यो भने नयाँ पुस्ता आएर हामीले थालेको राजनीतिक अभियानलाई अघि बढाउने छ ।’

सरकारले थालेको सुशासन अभियानकै कारण आत्तिएर कांग्रेस र एमाले मिलेको उनको दाबी छ ।