२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री लक्षित रमेश लेखकको कटाक्ष: लामो समय प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएछौँ



photo:rss
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिपक्ष दलको नेता बन्न उपयुक्त पात्र भएको बताउनुभएको छ । रोल…

प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्न प्रतिनिधिसभामा प्रश्ताव गरेपछि उहाँले सो टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री दाहाल जब्बरजस्त प्रतिपक्ष दलको नेता बन्न सक्ने भएकाले आफूलाई लामो समय प्रधानमन्त्री बनाएर आफूहरुले विगतमा गल्ती गरेको प्रमुख सचेतक लेखकको कटाक्ष थियो । उहाँले प्रधानमन्त्री दाहालमा पद गुम्न लाग्दाको पीडा र आक्रोश भएकाले आफूहरुले उहाँमाथि कुनै वाद, प्रतिवाद नगर्ने पनि बताउनु भयो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई पीडा छ । त्यसले उहाँलाई आक्रोशित बनाएको छ । पीडा र आक्रोशका सँगसँगै इमोशनल भावबाट प्रेरित र निर्देशित हुनुहुन्छ । प्रधानमन्त्रीले विश्वासको मत माग्नुभएको छ । दुई ठूला दलले सहमती गरेर विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रधानमन्त्रीज्युले विश्वासको मत नपाउने स्थिति छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले राख्नुभएको अधिकांश कुरामा मेरो असहमती छ । तर म उहाँले राख्नुभएको कुनैपनि विषयको खण्डन, प्रतिवाद, असहमती केही पनि गर्नेछैन । किनभने यसले थप कटुता उत्पन्न गर्छ । म के मात्रै आग्रह गर्न चाहन्छु भने हाम्रो संस्कार, सस्कृति, समाजले पीडामा रहेका कुनैपनि मानिसमाथि टिप्पणी गर्नु भनेको झन ज्यादा पीडा दिनुभएकाले म त्यतातिर जान चाहन्न । र सम्माननीय प्रधानमन्त्री मेरो नेता पनि हो । यो सदनको पनि नेता हो । सबैको साझा व्यक्तित्व । खाली मैले एउटा राजनीतिक विषयमा टिप्पणी गर्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीज्यूले शुरुमै भन्नुभयो–दुई वटा ठूला दल मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला भनेर चिन्ता गर्नुभयो । यो चिन्ता मैले प्रधानमन्त्रीज्यूबाटमात्रै होइन, मैले पत्रपत्रिकामार्फत विज्ञहरु, विशेषज्ञहरु, राजनीतिक ज्ञाताहरुको पनि मैले यो कुरा सुनेको छु । यस्तो जब्बरजस्त प्रतिपक्षको दलको नेता हुनसक्ने व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ती प्रतिपक्षलाई कमजोर बनायौ कि । अव प्रतिपक्ष बलियो हुन्छ भन्ने मैले विश्वास गरेको छु ।’

प्रमुख सचेतक लेखकले अब प्रतिपक्ष संसदमा निकै बलियो हुने विश्वास समेत व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल