२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाज चिप्लिएर अवरुद्ध गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू



अ+ अ-

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुन: सुरू भएको छ । बिहीबार राति पौने १० बजे बुद्ध एयरको विमान अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएपछि विमानस्थलको अवतरण र उडान रोकिएको थियो ।

बिहीबारदेखि अवरूद्ध रहेको विमानस्थल शुक्रबार साढे १० बजेबाट सुचारु भएको छ । १०:३० बजेपछि विमानस्थलबाट बुद्ध एयरका दुई वटा र यती एयरको एउटा जहाज काडमाडौंका लागि उडेको विमानस्थलका अधिकृत विनोदसिंह रावतले जानकारी दिए ।

बिहिबार राति बुद्ध एयरको यु फोर ८०५ विमान धावनमार्गमा चिप्लिए धावनमार्गभन्दा ५ मिटर बाहिर घाँसे मैदानमा पुगेको थियो । विमानमा रहेका सबै यात्रु सकुशल अवतरण गरेको रावतले बताए ।

विमानको अगाडि पट्टिको बडीले भुइँमा छोएका कारण सुरक्षित निकाल्ने प्रयास भइरहेको र उक्त कार्यमा बुद्ध एयर, नेपाल वायुसेवा निगम र विमानस्थलका प्राविधिकहरूले प्रयास गरिरहेका अधिकृत रावतले जानकारी दिए ।




भर्खरै