२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाज चिप्लिएर अवरुद्ध गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू



अ+ अ-

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुन: सुरू भएको छ । बिहीबार राति पौने १० बजे बुद्ध एयरको विमान अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएपछि विमानस्थलको अवतरण र उडान रोकिएको थियो ।

बिहीबारदेखि अवरूद्ध रहेको विमानस्थल शुक्रबार साढे १० बजेबाट सुचारु भएको छ । १०:३० बजेपछि विमानस्थलबाट बुद्ध एयरका दुई वटा र यती एयरको एउटा जहाज काडमाडौंका लागि उडेको विमानस्थलका अधिकृत विनोदसिंह रावतले जानकारी दिए ।

बिहिबार राति बुद्ध एयरको यु फोर ८०५ विमान धावनमार्गमा चिप्लिए धावनमार्गभन्दा ५ मिटर बाहिर घाँसे मैदानमा पुगेको थियो । विमानमा रहेका सबै यात्रु सकुशल अवतरण गरेको रावतले बताए ।

विमानको अगाडि पट्टिको बडीले भुइँमा छोएका कारण सुरक्षित निकाल्ने प्रयास भइरहेको र उक्त कार्यमा बुद्ध एयर, नेपाल वायुसेवा निगम र विमानस्थलका प्राविधिकहरूले प्रयास गरिरहेका अधिकृत रावतले जानकारी दिए ।