५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला चट्याङ लागेर एकको मृत्यु चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ प्रधानमन्त्री ओली न्युयोर्कमा राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले बगाएको एञ्जल डिलक्समा पर्साका १७ जना र ७ भारतीय सवार थिए



अ+ अ-

काठमाडौँ । नारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रवार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ ।

शुक्रवार बिहान साढे तीन बजेतिर पहिरोमा परेर बगेको यात्रुवाहक बसमा पर्साको १७ जना नेपाली र ७ भारतीय रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरका बुकिंग ईन्चार्ज प्रेम साह कानूले बताउनु भयो । वीरगञ्जबाट काठमाडौ जाने क्रममा बस पहिरोमा परेर बगेको हो ।

पर्साको रंगपुरबाट खुल्ने एञ्जल डिलक्स प्रा.लि.को बस नं. प्र०३००६ ख १५१६ मा पर्सा र भारतका गरी कुल २४ जना यात्रु सवार थिए । यात्रुहरु पर्साको रंगपुरबाट ९ जना वीरगञ्ज बसपार्कबाट भारतीय र नेपाली गरी १२ जना, १ जना सवारी चालक २ जना सहचालक रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरको बुकिंग इन्चार्ज प्रेम साह कानूले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अनुसार हिजो हामीले गाडि बुकिंग गरी वीरगञ्जबाट राति ८ बजे काठमाडौंको लागि पठायौं आज बिहान ४ बजे आफूलाई गाडि दुर्घटनामा परेको जानकारी भयो । हामीले चालक लगायत गाडीमा सवार सबै लाई फोन गर्दैछाँै कतिको फोनको घण्टी बज्दैछ तर उठिरहेको छैन, हामी पनि यस घटनाले दु:खी छाँै।’

बसमा चालक र केही यात्रु स्थानीय समेत रहेको बताउनु भयो । चालक वीरगञ्ज नगवा निवासी हुन् भने अन्यको बारेमा जनाकारी लिने कार्य हुँदै गरेको कानूले बताउनु भयो ।

यता, काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स पनि पहिरोमा बगेको छ । दुवै बसमा गरी ६० जना बढी यात्रुहरु सवार रहेको प्रहरीले बताएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी गरिरहेको छ ।