२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार पहिलो घण्टामा नेप्से परिसूचक ४२.९६ अंकले बढेर २ हजार १०४ दशमलव ३८ विन्दुमा



अ+ अ-

काठमाडौं । बुधबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४२ दशमलव ९६ अंकले बढेको छ । यस अवधिमा २ हजार ०९४ दशमलव २८ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव शून्य ८ प्रतिशतले बढेर २ हजार १०४ दशमलव ३८ विन्दुमा पुगेको छ ।   

पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १८ हजार १७४ पटकको कारोबारमा ३८ लाख ९ हजार ५४४ कित्ता शेयरको रू. २ अर्ब ७४ करोड ९८ लाख बराबरको खरीदविक्री भएको छ । कारोबारको पहिलो घण्टामा नबिल बैंक र समृद्धि फाइनान्सको शेयरमूल्यको क्रमशः ९ दशमलव ९७ र ९ दशमलव ६३ प्रतिशतले बढेको छ ।  

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८० करोड ८४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ५५९ मा कारोबार भइरहेको छ ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स र वित्त समूहको परिसूचक शून्य दशमलव ८५ र शून्य दशमलव १६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डसमूहको परिसूचक बढेको छ ।