१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

रकम सङ्कलन गरी पदमार्गमा पूर्वाधार निर्माण

रकम सङ्कलन गरी पदमार्गमा पूर्वाधार निर्माण
अ अ+ अ-

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्गमा दाताको सहयोगमा रकम सङ्कलन गरी पूर्वाधार निर्माण गरिएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाले दातासँग सहयोग जुटाएर पदमार्गको सङ्धीखर्कमा दुईकोठे सार्वजनिक शौचालय, खानेपानीलगायत पूर्वाधार निर्माण गर्नुभएको हो ।

“केही समयअघि मौरिस हर्गोज पदमार्ग भएर अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाँदा सार्वजनिक शौचालय, खानेपानी र फोहर व्यवस्थापनको आवश्यकता महसुस गरेकी थिएँ”, ललिताले भन्नुभयो, “शौचालय बनाउन सामाजिक सञ्जालमार्फत गरेको आग्रहमा दाताहरूले सहयोग गर्नुभयो र बर्खायाम भए पनि निर्माण गर्न सफल भयौँ ।”

अध्ययनका लागि अष्टे«लियामा जानुभएकी शेरपुञ्जा अहिले स्वदेश फर्किनुभएको छ । शौचालय निर्माणलगायत पूर्वाधार निर्माण गर्न पदमार्गका अभियन्ता तेज गुरुङ र नारच्याङका तम चोचाङ्गी पुनलाई शेरपुञ्जाले रु चार लाख ६० हजार पठाउनुभएको थियो ।

ललिताको शौचालय अभियानमा अन्य दाताहरूले पनि सहयोग गर्नुभएको थियो । शेरपुञ्जाले पठाएको रकमबाट १५ दिनसम्म आठजना मजदुर परिचालन र निर्माण सामग्री खरिद, ढुवानी गरी शौचालय, खानेपानी आपूर्ति र फोहर व्यवस्थापन गर्ने खाडल बनाएको चोचाङ्गीले बताउनुभयो ।

सार्वजनिक शौचालयको अभावमा पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई असहज भएको थियो । वातावरण प्रदूषण घटाउन, सरसफाइ कायम र पर्यटकको सुविधाका लागि सार्वजनिक शौचालय बनाइएको ललिताले बताउनुभयो ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण दलको नेतृत्व गरेका फ्रान्सका मौरिस हर्गोजको सम्मानमा नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गको नामकरण गरिएको छ । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक मानव पाइला परेको हिमाल भएकाले यसले मुलुकको आरोहण पर्यटनमा महत्व छ । सन् १९५० जुन ३ गते अन्नपूर्णको सफल आरोहण भएको थियो ।

प्रथम आरोही मौरिसको पाइला पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा पहिचान भएको पदमार्ग २०७७ सालदेखि सञ्चालन भएको थियो । नारच्याङबाट २० किलोमिटर टाढा हुमखोलासम्म निलगिरि खोला जलविद्युत् आयोजनाको पहुँचमार्ग पर्दछ ।

हुमखोलाबाट आधार शिविर जोड्ने २२ किमी लामो पदमार्ग, खोलाहरूमा झोलुङ्गे पुल, आश्रयस्थल निर्माण गरिएको छ । एकै दिनको पैदलयात्रामा आधार शिविर पुग्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको अभियन्ता गुरुङले बताउनुभयो ।

सङ्धीखर्क, धरमढुङ्गा, भुसकेट, गुफाफाँट, हुमखोला र छोटेपामा सातवटा आश्रयस्थल निर्माण भएका छन् । होटल तथा लजको सुविधा नभएको यो पदमार्गमा क्याम्पिङ गर्न खानेबस्ने सामग्री लिएर जानुपर्छ ।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण फेदीमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँको थप आकर्षणको रूपमा रहेको छ ।

अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा खानेपानी, आश्रयस्थल, सञ्चार, विद्युत्, पदमार्गलगायत पूर्वाधार निर्माण र प्रचारप्रसारका लागि एकीकृत गुरुयोजनाको मस्यौदा तयार पारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । आधारभूत स्तरको पूर्वाधार बनेको पदमार्गमा पर्यटक भित्र्याउन प्रचारप्रसार र प्रवर्द्धनात्मक क्रियाकलापलाई पनि जोड दिइएको उहाँले बताउनुभयो ।रासस