२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि फेरि मन्त्री खान पाइन्छ कि भनेर टाँसिइरहेका छन् – मुकुल ढकाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता मुकुल ढकालले गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने फेरि मन्त्री खान पाइन्छ कि भनेर सरकारमा टाँसिइरहेको आरोप लगाएका छन् ।

बुधबार पत्रकार सम्मेलनमार्फत कुरा राख्दै ढकालले संविधानको धारा ७६ (३) अन्तर्गतको सरकार बन्ने र फेरि मन्त्री बनुँला भनेर सरकारमा टाँसिरहेको आरोप लगाएका हुन् ।

‘आजको रविलाई प्रचण्डको शैली मन पर्छ । कता न कता ओलीको शैली मन पर्छ । र अझै पनि ७६ (३) अन्तर्गत देउवाको सरकार बन्ला कि १ अनि सरकारमा जान पाइएला कि भनेर उहाँ सरकारमा अहिले पनि टाँसिइराख्नुभएको छ । भनेपछि देउवाको शैली पनि उहाँलाई मन पर्छ ।

आफ्नो शैली बालपना लाग्ने आरोपको खण्डन गर्दै उनले राजीनामा दिन बालुवाटार पुगेर पनि फेरि राजीनामा पत्र गोजीमै बोकेर फर्किनुलाई सभापति लामिछानेको बालापना भएको आरोप लगाए।