२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि फेरि मन्त्री खान पाइन्छ कि भनेर टाँसिइरहेका छन् – मुकुल ढकाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता मुकुल ढकालले गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने फेरि मन्त्री खान पाइन्छ कि भनेर सरकारमा टाँसिइरहेको आरोप लगाएका छन् ।

बुधबार पत्रकार सम्मेलनमार्फत कुरा राख्दै ढकालले संविधानको धारा ७६ (३) अन्तर्गतको सरकार बन्ने र फेरि मन्त्री बनुँला भनेर सरकारमा टाँसिरहेको आरोप लगाएका हुन् ।

‘आजको रविलाई प्रचण्डको शैली मन पर्छ । कता न कता ओलीको शैली मन पर्छ । र अझै पनि ७६ (३) अन्तर्गत देउवाको सरकार बन्ला कि १ अनि सरकारमा जान पाइएला कि भनेर उहाँ सरकारमा अहिले पनि टाँसिइराख्नुभएको छ । भनेपछि देउवाको शैली पनि उहाँलाई मन पर्छ ।

आफ्नो शैली बालपना लाग्ने आरोपको खण्डन गर्दै उनले राजीनामा दिन बालुवाटार पुगेर पनि फेरि राजीनामा पत्र गोजीमै बोकेर फर्किनुलाई सभापति लामिछानेको बालापना भएको आरोप लगाए।