२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन: मन्त्री बस्नेत



अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताउनुभएको छ ।

मंगलवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताउनु भयो । उहाँले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाउनु भयो । उहाँले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरु लागेको बताउनु भयो । उहाँले मुलुकका दुई ठूला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सिमित गर्ने प्रयासमा लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन । यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो । यो नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्ने उहाँहरुले नै सार्वजनिक गरिसक्नुभएको छ । बरु अब प्रश्न, संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने हो । उहाँहरुले मुलुकलाई ध्रुविकरणको दिशातिर लैजान खोजिरहनुभएको छ । यो अवस्थामा माओवादीले गम्भीरताका साथ लिनुपर्छ । प्रश्न देशको आर्थिक विकास, र समृद्धिको दिशामा लैजाने हो । मुलुकका दुई ठूला दलले संविधानलाई दोष देखिरहनुभएको छ । उहाँहरु जनताको अधिकार सिमित गर्ने बाटोमा हिँडिरहनुभएको छ ।’

मन्त्री बस्नेतले कुन पार्टी सरकार छ र छैन भन्नेकुरा गौण विषय रहेको बताउनु भयो ।