१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन

प्रतिनिधि सभा बैठकः सांसद कार्कीले खोजिन् गृहमन्त्री, चौधरीले औँल्याए अस्थिरताको कारण

प्रतिनिधि सभा बैठकः सांसद कार्कीले खोजिन् गृहमन्त्री, चौधरीले औँल्याए अस्थिरताको कारण
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजि गर्नुभएको छ ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरु त्रासमा रहेको बेलामा गृहमन्त्री संसद बैठकमा समेत नआएको भन्दै गृहमन्त्रीको खोजी गर्नुभएको हो ।

उहाँले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद बैठकमा जानकारी गराउन माग गर्नुभयो । उहाँले गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको बताउनु भयो । उहाँले यतिबेला फाइलको कुरा गर्ने बेला नभएको भन्दै जनतालाई संकटबाट मुक्त गर्न सोच्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यत्रा नागरिकहरु मरिराखेका छन् । डुबानमा परिराखेको छ । बाढी, पहिरो चारैतिर त्राहिराम छ । तर उहाँ(गृहमन्त्री) यहाँ उपस्थित हुनुभएन । म उहाँको मनस्थिति बुझ्छु, उहाँलाई अत्यन्तै पीडाबोध भएको छ । किनभने फाइलहरु त खुल्न थालेका छन् । यो त अर्को सरकारले पनि खोलिदिएला । कहीँ उहाँ आफ्नै फाइलसँग पनि सशंकित हुनुहुन्छ कि जस्तो लाग्यो । यो फाइलका कुरा, बेचन झाका कुराहरु अहिले गर्ने बेला होइन । यो त नेपाली जनतालाई कसरी संकटबाट मुक्त गर्ने भन्नेकुरा सोच्नुपर्ने बेला हो । वर्षातको समय बाँकी छ । जनतालाई मर्न नदिने कुरा सोच्ने बेलामा अर्कै कुरा गर्नुहुन्छ । आएर सत्यतथ्य जानकारी दिनुस् संसदलाई । यो तपाईको कर्तव्य हो । गृहमन्त्री यहाँ उपस्थित हुनुपर्छ ।’

नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मुल कारण प्रधामन्त्रीको कुर्सी मोह भएको बताउनु भयो । उहाँले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरु सबै दोषि भएका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘देश नबन्नुमा २०४६ सालदेखि अहिलेसम्म ३५ वर्षको अवधिमा जो–जोले नेतृत्व गर्नुभयो । उहाँहरु सबै दोषि हुनुहुन्छ । अझै पटक–पटक प्रधामन्त्री बन्नुभएको सबैभन्दा धेरै दोषि हुन्छ । दुई तिहाई वरिपरिको सरकार पनि चलाउन नसक्ने, सहयात्री दलहरुले सहयोग गर्दा पनि समिकरण फेरिरहने, १८ महिनामा ५ पटकसम्म विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जनाको मुल कारक नेतृत्व नै हो । संघमा हुने सहयात्री दलहरुको फेरबदलका कारण सातवटै प्रदेशमा फेरबदल हुन थाल्छ । यो बाहेक अरु केही हुन सकेको छैन । यसको कारण अरु केही नभएर प्रधानमन्त्रीको चरम कुर्सी मोह नै हो ।’

उहाँले सत्ता सहयात्री दलहरुले साथ दिदाँदिदै पनि समिकरण फेरिरहने नेतृत्व अस्थिरताको मुल कारण भएको पनि बताउनु भयो । —