२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसममा सुधार भएसँगै बाढीपीडित घर फर्कंदै



अ+ अ-

महेन्द्रनगर । मौसममा क्रमशः सुधार भएसँग जिल्लाका बाढीपीडित घर फर्कन थालेका छन् । सोमबार अपराह्नसम्म वर्षाका कारण कञ्चनपुरका नौवटा पालिकाका चार हजारभन्दा बढी सुरक्षित स्थानमा सरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले आज बिहानसम्म दुई हजार सातजना घर फर्किएका बताउनुभयो । महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा आवागमन पनि खुलिसकेको जानकारी दिनुभयो । बाढी तथा घर डुबानमा परेका पीडितहरु विद्यालय, वडा कार्यालय, सार्वजनिक स्थान र आफन्तको आश्रयमा पुगेका थिए । दोधारा चाँदनी नगरपालिकामा पीडितहरु

अम्बिका माध्यमिक विद्यालयमा सयौँ परिवार अझै बसिरहेका छन्भने भीमदत्त नगरपालिका–१२ ऐरीस्थित वडा कार्यालय भवन र वडा नं १८ सालघारीस्थित मदन भण्डारी आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् ।

भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटाले मदन भण्डारी आधारभूत विद्यालयमा एक सय ३०, वडा कार्यालयमा एक सय र महेन्द्रनगर माविमा ६० जना पीडितले आश्रय लिएको बताउनुभयो । दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा बाढीमा परी तीन किशोरी र एक सातमहिने शिशुसहित चार जनाको मत्यु भएको छभने एकजना अझै बेपत्ता छन् ।