५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा ग्याङफाइट हुँदा एक युवकको मुत्यु, दुई जना घाइते



अ+ अ-

विराटनगर । विराटनगरमा ग्याङफाइट हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति १० बजे विराटनगर महानगरपालिका–२ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

ग्याङ फाइटमा घाइते भएका मोरङ कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरुलाई थप उपचारको लागि नोबेल अस्पतालमा रिफर गरिएको छ।

उनीहरु तीनै जना घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको पाईएको छ ।

यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।