काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले पुष १४ गते देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेको विरोधमा आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ । यसको सचिवालय पनि बनाइनेछ ।
बैठकले पुस १० गते माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ ।
२० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म सम्म वडा स्तरमा बैठक भेला गर्ने बैठकको निर्णय छ ।











