१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल
अ अ+ अ-

गलेश्वर । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो ।

राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राखिने उहाँले जानकारी दिनुभयो । “रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौँ, ट्राफिक प्रहरीलाईसमेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ”, प्रजिअ ढकालले भन्नुभयो ।

सडकको अवस्था हेरेर यात्रा गर्न सहजीकरण गरिने प्रजिअ ढकालको भनाइ छ । मङ्गलबार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षति पुगेको थियो भने तीन जना यात्रुलाई सकुसल उद्धार गरिएको थियो । सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्नेलाई पहिरोस्थलका बारेमा जानकारी दिने गरी बेनी, गलेश्वर, भुरुङ तातोपानी र दाना क्षेत्रमा प्रहरी खटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ साना ठूला पहिरा छन् । तीमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइँठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ रहेका आयोजनाले जनाएको छ । गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा रु ७० करोडभन्दा बढी खर्च हुने बताइएको छ ।

यसैगरी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडकखण्डमा बाढीपहिरोका कारण सवारी आवागमनमा पर्ने असर, सवारी चालक र यात्रुलाई विपद्बाट हुनसक्ने क्षती, वर्षाको समयमा हुनसक्ने सम्भावित यात्राको जोखिम र सुरक्षित रहन चालक र यात्रुले अवलम्बन गर्नुपर्ने सुरक्षाका उपाय साथै सडकको अवस्थाबारे  जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रम समेत गर्दैआएको छ ।

बेनीका घरघरमा स्वास्थ्यकर्मी 

म्याग्दीको बेनी नगरपालिकाले ७० वर्षभन्दा माथि उमेर समूहलाई लक्षित गरेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच र उपचारका लागि सुरु गरेको ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट एक हजार सात सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । नगरका प्रत्येक वडाका घरघरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने कार्यक्रमबाट ज्येष्ठ नागरिकसँगै अन्य पनि लाभान्वित भएका छन् ।

ज्येष्ठ नागरिक, शारीरिक रुपमा अपाङ्गता भएका तथा अशक्त तथा दीर्घरोगीलाई लक्षित गरेर सञ्चालित ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम प्रभावकारी बन्दैगएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । विसं २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट बेनी नगरपालिकाको प्रमुखमा सुरत केसी र उपप्रमुखमा ज्योति लामिछानेसहित निर्वाचित भएपछि नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरेर घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरिएको हो ।

विसं २०७८ को जनगणनाअनुसार बेनी नगरपालिकाको कूल जनसङ्ख्या ३२ हजार ६ सय ९७ रहेको छ । पुरुषको संख्या १५ हजार तीन सय ६१ र महिला १७ हजार तीन सय ३७ छन् । दश वडा रहेको बेनी नगरपालिका क्षेत्रमा यो कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको छ । प्रत्येक महिना एक पटक बेनीका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी घरघरमा पुग्छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रम कार्यान्वयन गर्न कूल रु आठ लाख ८० हजार विनियोजन गरिएको छ । सो कार्यक्रमबाट ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अशक्त बिरामी प्रत्यक्ष रुपमा लाभान्वित भएका बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीका अनुसार उक्त  कार्यक्रमबाट करिब एक हजार सात सय ज्येष्ठ नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

विद्यार्थीलाई सेनाको तालिम

म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँको दिपशिखा माध्यमिक विद्यालयमा विद्यार्थीका लागि जुनियर डिभिजन तालिम आयोजना गरिएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक म्याग्दीमार्फत बुधबारदेखि सो तालिम सञ्चालन गरिएको हो । दुई महिनाभन्दा बढी समयसम्म चल्ने सो तालिममा  सैन्यज्ञानका साथै अन्य कुरा पनि सिकाइने विद्यालयका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले बताउनुभयो ।

खोज, राहत, उद्धार र प्राथामिक उपचारमा सेवा जस्ता व्यावहारिक ज्ञानसमेत प्राप्त हुने भएकाले म्याग्दीमा सञ्चालित तालिममा विद्यार्थीको आकर्षण बढेको छ । गत वर्ष सो कार्यक्रम बेनी नगरपालिका–५ पुलाचौरको जनकल्याण माविमा सञ्चालन गरिएको थियो । रासस