१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो

मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति

मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति
अ अ+ अ-

काठमाडौँ । नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आईतवारसम्म अत्याधिक वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । आगामी दिनमा सिमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष शतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्म उप्रेतीले बताउनु भयो । उहाँले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउनसक्ने जोखिम न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताउनु भयो ।

मनसुन भित्रिएको २५ दिनमा ८ करोड बढीको क्षति

विज्ञ उप्रेतीकाअनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाख भन्दा बढीको हानी नोक्शानी भएको छ । त्यस्तै भरी वर्षा शुरु हुनु भन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आागमी तीन महिनाभित्र नेपालमा विपद्बाट ठूलो नोक्शानी हुने देखिएको बताउनु भयो । उहाँले मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरु बाढी र पहिरोका कारण ध्वस्त भएको बताउनु भयो । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् ।

उहाँले भन्नुभयो, ‘नेपालमा मनसुन शुरु भएको २५ दिन लगभग भयो । जेठको २८ गतेदेखि नेपालमा मनसुन शुरु भएको थियो । मनसुनले शुरुवाती अवस्थामा नै धेरै ठूलो हानी नोक्शानी गरेको छ । हिजोसम्मको क्षतिलाई विश्लेषण गर्दा लगभग ४७ जनाले ज्यान गुमाएको देखिन्छ । ८ करोड २० लाख बराबरको आर्थिक क्षति पनि यो २५ दिनमा भएको छ । ४६ वटा भौतिक संरचनाहरु पनि यही बीचमा बाढी पहिरोका कारणले ध्वस्त भएका छन् । मान्छेको जीविकोपार्जनसँग जोडिएको पशुचौपाया लगभग २५९ वटा मरेका छन् । २५ दिनमा ४ सय वटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) का घटना भए । त्यसमा भएको क्षति हो भयो ।’

आगामी तीन महिनामा नेपालमा अत्याधिक वर्षा हुने

विज्ञ उप्रेतीले असारमा औषत भन्दा कम पानी पर्दाको क्षति ठूलो भइसकेको भन्दै आगामी तीन महिनामा नेपालले व्यहोर्नुपर्ने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने बताउनु भयो । उहाँले समयमा नै सरकारले विशेष ध्यान दिन र शतर्कता अपनाउन नसके विपद्बाट ठूले क्षति हुने निश्चित रहेको बताउनु भयो । नदी किनारमा भएका बस्तीहरु, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, लिएर खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको बताउनु भयो । उहाँले मनसुनको न्युनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने बताउनु भयो । उहाँले विपद्पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयहरुलाई सचेत गराउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो पहिलो महिना अझ औषत भन्दा कम पानी परेको अवस्था छ । औषत भन्दा बढी पानी पर्ने अवस्था अब शुरु भयो । जब हामी असारको १५ पछि प्रवेश गर्‍यौँ । असारको १५ देखि असोजसम्मको अवस्थामा औषत भन्दा बढी पानी पर्छ । पछिल्लो वर्षका क्षतिलाई पनि आँकलन गरेर हेर्ने हो भने नदी किनारमा भएका बस्तीहरु, भौतिक संरचनाहरु, विद्युतका संरचना, विद्यालयदेखि लिएर खानेपानी, कृषि सबैमा यसको प्रभाव परेको छ । त्यसले हानी नोक्शानी बढेको छ । मनसुनको पूर्वसन्ध्यामै ८ करोडको क्षति भयो भने बढी वर्षा हुने तीन महिनामा कति क्षति हुन्छ । अब आउने तीन महिना बढी जोखिमपूर्ण छ । यसले बढी क्षति गर्नेछ । मौसम पूर्वानुमानले यस्तो हुँदैछ भनेर सूचना पनि दिएको छ तर त्यो सूचनाको पूर्वानुमानमा आधारित पूर्वकार्यमा अभm हामीले धेरै गर्नुपर्नेछ । केन्द्र, प्रदेश र स्थानीय सरकार अलर्ट अवस्थामा बस्नुपर्ने हो । हामी विकासमा काम गर्दैछौँ, नेपाल धनी देश होइन, भनेपछि हामीले २५ दिनमा ८ करोडको क्षति व्यहोर्नु भनेको हाम्रो लागि ठूलो क्षति हो । त्यो ८ करोडमा हामी अर्को विकासको योजनामा काम गर्नसक्थ्यौँ । गैरआर्थिक क्षतिको पनि गणना गर्ने हो भने कुनै ठाउँमा पहिरो गएर बस्ती नै सार्नुपर्ने अवस्था छ । कुनै ठाउँको त्यो सांस्कृतिक अवस्थामा नोक्शान भएको छ । वनस्पतीहरु कति नष्ट भए त्यसको पनि हामीले गणना गरेका छैनौँ । राज्य, सञ्चारमाध्यम, सिभिल सोसाइटी, स्थानीय सरकारले गर्नुपर्ने काम धेरै छन् ।’

न्युनचापीय रेखा नेपाल नजिक, आईतवारसम्म भारी वर्षा हुने

विज्ञ उप्रेतीले मनसुनको न्युनचापीय रेखा नेपालको नजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आईतवारसम्म सावधानी अपाउन आग्रह गर्नुभयो । उहाँले पोखरा, काठमाडौं, सुदूरपश्चिममा दीपायल, कोशी प्रदेशका केही भूभागमा अत्याधिक वर्षा हुने बताउनु भयो । उहाँले भूबनावटले थेग्ने भन्दा वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मनसुनको न्युनचापीय रेखा उत्तरतिर छ, नेपालको नजिक छ । नेपालको नजिक मनसुनको न्युनचापीय रेखा जब आउँछ, त्यतिबेला नेपालमा बढी पानी पर्छ । यो स्वभाविक हो । आजदेखि आईतवारसम्म नेपालमा औषत भन्दा बढी पानी पर्छ । पोखराको वरपर, सुदूरपश्चिममा दीपायलदेखि त्यो स्थानमा, काठमाडौं वरपर, कोशी प्रदेशका केही भूभागमा आइसोलेटेड हेभी रेनफल हुने धेरै भारी वर्षा हुने सम्भावना पनि छ भने केही ठाउँमा मध्यम वर्षा र केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जुन ठाउँमा भारी वर्षा हुन्छ, त्यो ठाउँको थ्रेसहोल्ड त्यहाँको भूबनावटले थेग्ने भन्दा बढी भयो भने त्यहाँ पहिरो जाने हुन्छ ।’

पानी पर्ने तरिकामा परिवर्तन भयो

विज्ञ उप्रेतीले पछिल्ला केही दिन यता पार्नी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताउनु भयो । उहाँले एकै ठाउँमा मुसलधारे पानी पर्ने र त्यसको असर समुदायमा पर्ने गरेको बताउनु भयो । उहाँले एकै ठाउँमा धेरै वर्षा हुँदा मानिसहरु डराउने गरेको उल्लेख गर्नुभयो । आगामी दिनमा पनि सिमित क्षेत्रमा ठूलो र लामो समय पानी पर्ने भएकाले शतर्क रहन आग्रह गर्नुभयो । तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभइ डुबान पर्ने सम्भावना रहेको बताउनु भयो । क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरु सचेत हुने र विपद्बाट हुने क्षति न्युनिकरण गर्न सकिने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘पानी पर्ने तरिकामा अहिले परिवर्तन हुँदै गएको देख्न सकिन्छ । एकै ठाउँमा मुसलधारे पानी पर्छ । यस्तो पानी परेको अवस्थामा मानिसहरु डराउने अवस्था हुन्छ । आगामी दिनमा पनि सिमित क्षेत्रमा मात्रै धेरै वर्षा हुने सम्भावना रहेको छ । भारी वर्षा भएको क्षेत्रमा बढी जोखिम हुनसक्नेछ । तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभइ डुबान पर्ने सम्भावना रहेको छ । संवेदनशील क्षेत्रलाई जोगाउने कुरामा पनि बढी ध्यान दिनुपर्छ । साथै जुन ठाउँमा बढी पानी पर्दैछ, त्यो क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरु सचेत हुन्छन् । साथै विपद्बाट हुने क्षति न्युनिकरण गर्नसक्छौँ ।’

भौतिक संरचना जलवायुमैत्री बनाउनु पर्छ, तत्काल काम रोक्नुपर्छ

निर्माण क्षेत्रले आगामी दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीले बताउनु भयो । उहाँले नदी किनारमा बनाइएका संरचनाहरु: जस्तै उर्जाको भौतिक संरचना, खानेपानीको भौतिक संरचनाहरु बनाउँदा दीर्घकालीन रुपमा सोचेर बनाउनुपर्ने बताउनु भयो । उहाँले भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट,रडहरु बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले बाढी, पहिरोको जोखिम भएका ठाउँमा तत्काललाई काम रोक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्माण क्षेत्रमा भएको क्षति हेर्ने हो भने नदी किनारमा बनाइएका जति पनि भौतिक संरचनाहरु छन् । त्यो उर्जाको भौतिक संरचनाहरु, खानेपानीको भौतिक संरचनाहरु बढी छन् । यो भौतिक संरचनाहरु जुन नदी किनारमा हुन्छन्, त्यसको दुई वटा पाटा छन् । एउटा ५ वर्षमा एक पटक आउने बाढी, १० वर्ष वा १५, २०, ५० वा सय वर्षमा जुन बाढीको रिटर्न पिरियटलाई ख्याल गरेर पहिला प्लानिङमा पनि कस्तो खालको जोखिम आउनसक्छ, १० वर्षमा, १५ वर्षमा र २० वर्षमा भन्ने एउटा योजना चाहियो । भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट,रडदेखि लिएर जति पनि सरसामानहरु छन् । त्यसलाई अलिकति बाढीको जोखिम हुने क्षेत्र, बाढीको जोखिम हुने औषत रैथाने ज्ञानबाट पनि थाहा हुन्छ । त्यो ठाउँमा वैज्ञानिक उपकरण नै जडान भएको हुनुपर्ने भन्ने छैन । यद्यपि कतिपय ठाउँमा जल तथा मौसम विज्ञान विभागको उपकरण राखिएको अवस्था पनि छ । वार्निङ, बिलो वार्निङ र डेन्जरको जुन अवस्था छ, त्यसलाई पनि हामीले सुन्नुपर्छ । योजना कार्यान्वयन गर्न मेट्रियलको सप्लाई, स्टोरेज र कामको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट आएको फोरकास्टलाई र त्यो अवधिभरमा काम गर्नु भन्दा काम रोक्नु फाइदाजनक हुन्छ । त्यो बेला काम गर्दा एक पटक ठूलो क्षति भयो, बाढी आयो भने त्यसले भौतिक संरचनाको क्षति मात्र नभइ श्रमजीविको ज्यान पनि खतरामा पर्छ । त्यसलाई पनि मध्यनजर गरी योजना बनाउनु पर्छ ।’

उहाँले नेपाल र छिमेकी देश भारतले सीमानाकामा बनाउने संरचना जलवायुमैत्री बनाउन आवश्यक रहेको विज्ञ उप्रेतीले बताउनु भयो । उहाँले बाढीको पूर्वसूचनालाई प्रभावकारी बनाउन र स्थानीय, प्रदेश र राष्ट्रिय आपत्कालीन केन्द्रलाई प्रभावकारी बनाइ कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।