२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा न.पा–०७ घर भएका दिनेश न्यौपानेलाई नक्कली सुनको मुर्ति देखाई तिस लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित पाँच जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत उडिशा राज्य केन्द्रवडा घर भई हाल कमलपोखरी बस्ने वर्ष ४० को कलाकार दास, म्याग्दि घर भई हाल धोबीघाट बस्ने वर्ष ६४ को क्षेत्र बहादुर शाही, धादिङ घर भई डल्लु बस्ने वर्ष ३८ को दिपक थापा, दाङ घर भई हाल लाजिम्पाट बस्ने वर्ष ३५ को बसन्त चौधरी र कामनपा १५ चौमती घर भएका वर्ष ५५ को रविन महर्जन रहेका छन् ।

ठगी गरेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काडाँघारीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट नक्कली सुनको बुद्धको मुर्ति (एक थान) र चौध लाख नगद बरामत गरेको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।