१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी?

यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली

यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ ।

आईतवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दि गर्न नहुने बताउनु भयो । उहाँले अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता भएको उल्लेख गर्नुभयो । उहाँले उद्यमशिलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताउनु भयो ।

उहाँले गरिबीबाट माथि उठ्न मसिनो चामल नभइ आफ्नै देशमा मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताउनु भयो । उहाँले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौति निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याालाई खान लगाउन पाउने अवस्थामा पुर्‍याउनु चुनौति रहेको बताउनु भयो । गरिबीसँगै बेरोजगारी बढ्दै जाने बताउनु भयो । देश बनाउनु जस्तो ठूलो पुण्य कार्य अरु हुन नसक्ने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन । कसैले जिद्दि गर्नु हुँदैन । अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता हो । उद्यमशिलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्दछ । कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्दछन्, कृषि आधारित ससाना उद्योगहरु र त्यो बिस्तारै गएर ठूला उद्योगहरुमा परिणत हुनसक्छ । कृषि आधारित उद्योगहरुले निर्यातमुलक उद्योगहरुको रुप लिनसक्छ । हामीले अहिले चिन्ता गर्नुपर्ने कुरा भनेको, मसिनो खाने बानी पर्‍यो, मसिनो खाने बानी परेकालाई खान दिउँ । तर मसिनो होइन हामीलाई मोटा चामल भएपनि खान पुग्नुपरेको छ । गरिबीबाट माथि उठ्न परेको छ । मसिनो चामल मोटो चामल जति फल्दैन । त्यसलाई त्यत्तिकै फल्नेमा पुर्‍याउनु पर्छ । हामीले यसलाई आधुनिकीकरणतर्फ लैजानुपर्छ, टेक्नोलोजीको प्रयोगतर्फ लैजानुपर्छ भनिरहेका छौँ, तर सरकारी तवरबाट यस सम्बन्धमा नीति निर्माण हुन सकेको छैन । ठोस नीति निर्माण हुनुपर्‍यो नि । ठोस नीति आउनुपर्छ, के गर्ने ?’

अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिहरुमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताउनु भयो ।