१३ फाल्गुन २०८१, मंगलवार
February 25, 2025 Tuesday
Latest
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध नेल्टाको २९ औँ अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार कर्मचारी सञ्चयकोषलगायत संस्थाका लागि केन्द्रीय बैंकद्वारा निर्देशिका जारी नेपालगञ्जमा भ्यानको ठक्करबाट बालकको मृत्यु नेपाल राष्ट्र बैंकले अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुला गरिने भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा प्रधान सेनापतिद्वारा सकल दर्जालाई सम्बोधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किष्ट अस्पतालमा दुई कलेजो क्यान्सर बिरामीको कलेजो प्रत्यारोपण



अ+ अ-

काठमाडौँ ।कलेजो क्यान्सरले ग्रसित दुई फरक फरक बिरामीको कलेजो प्रत्यारोपण शल्यक्रिया मार्फत गत शुक्रबार र शनिबार लगातार दुई वटा कलेजो प्रत्यारोपण किष्ट शिक्षण अस्पतालमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।

सबैभन्दा जटिल मानिने कलेजो प्रत्यारोपण अब किष्ट अस्पतालमा पनि नियमित रुपमा हुन थालेको छ । कलेजो क्यान्सर भई सिरोरिस भएका दुई बिरामीको प्रत्यारोपण पश्चात सुक्ष्म निगरानीमा राखी आई.सि.यूमा उपचार भइरहको छ ।

यो सँगै किष्टले ७ वटा कलेजो प्रत्यारोपण गरिसकेको छ । निजी अस्पताल मध्ये यो सबै भन्दा धेरै कलेजो प्रत्यारोपण गर्ने अस्पताल भएको छ ।
कुनै बिरामीलाई कलेजो तथा मृगौला प्रत्यारोपण गराउनु परेमा यस अस्पतालमा सम्पर्कमा आएको दिनवाट १० दिन भित्रै कानुनी र चिकित्सकीय प्रक्रिया पुरागरी प्रत्यारोपण सम्पन्न गर्न सकिने कुरा अस्पताल प्रशासनले जनाएको छ ।

निजी अस्पताल मध्ये कलेजो र मृगौला प्रत्यारोपणको इजाजतपत्र लिई नियमित रुपमा प्रत्यारोपण यस किष्ट शिक्षण अस्पतालले गर्दै आइरहेको छ ।