८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

संंकीर्ण राजनीतिक स्वार्थ र दाउपेचमा संवैधानिक पद्धति आहत भयो –संविधान निगरानी समूह

संंकीर्ण राजनीतिक स्वार्थ र दाउपेचमा संवैधानिक पद्धति आहत भयो –संविधान निगरानी समूह
अ+ अ-

काठमाडौ । प्रतिनिधिसभाको विघटन नेपालको संविधानको कार्यान्वयनमा गम्भीर विचलन र अवरोध आएको ठहर संविधान निगरानी समूहले गरेको छ । राजनीतिक आवश्यकता वा वाध्यता जस्तो कुनै तर्कबाट संविधानमाथि राजनीति गर्न मिल्ने भन्दै समुहले  देशको राजनीतिक पद्धति संविधानको शब्द र भावना अनुसार सञ्चालन हुनुपर्ने  जनाएको छ । समूहले एक बिज्ञप्ति जारी गर्दै  संविधानको मूल मर्मबाट विचलित भएर सिर्जना भएको वर्तमान परिस्थितिलाई संविधान र संविधानवाद भित्र नल्याउने हो भने संवैधानिक पद्धतिको कार्यान्वयन भविष्य सम्म दिग्भ्रमित हुने भई संवैधानिक औचित्य नै संकटमा पर्ने आशंका गरेको छ  ।

 संविधान कार्यान्वयनको सरोकारवाला संवैधानिक अंग र राजनीतिक दलहरु र आम जनताले आ–आफ्नो भूमिकालाई हृदयंगम गरी संविधान बमोजिमको अवस्था कायम राख्न जो गर्नुपर्ने हो  र आत्मा साक्षी राखी इमान्दार प्रयास गर्न सम्बन्धित सबैमा समुहले आह्वान गरेको छ ।   विकसित भईरहेको घटनाक्रमहरुलाई निरन्तर निगरानी गर्ने र संविधानको कार्यान्वयनमा कुनै हदमा पनि विचलन आउन नदिने प्रयोजनको लागि र संविधान बमोजिम सिमित शासन सुनिश्चित गर्न निरन्तर पहरेदारी गर्न पनि समुहले सबैमा आह्वान  गरेको छ ।

संविधानको धारा ७६ अन्तर्गतका उपधारा १ देखि ७ सम्म मन्त्रिपरिषद् गठनसम्बन्धी प्रावधानहरू रहेको र सो बमोजिम प्रक्रिया अबलम्बन गर्दा पनि मन्त्रिपरिषद गठन हुन नसकी मौजुदा प्रतिनिधिसभाबाट अर्को मन्त्रिपरिषद गठन हुने सम्भावना नै नरहेको अवस्थामा मात्र प्रतिनिधिसभा विघटन गर्न अबस्था रहेको कुरा समुहले स्मरण गराएको छ ।  त्यस्तो अवस्था नै विद्यमान नरहेकोमा आकर्षित हुनै नसक्ने धारा ७६(७) को प्रावधान आकर्षित गरी विघटनको सिफारिस भएको र सो बमोजिम विघटन गर्ने गरेको कार्यबाट संविधान र संविधानवादको मर्ममा नै प्रहार गरेको छ, यसबाट संकीर्ण राजनीतिक स्वार्थ र दाउपेचमा संवैधानिक पद्धति आहत भएको समुहले जनाएको छ । 
संविधान निगरानी  समूहको  तर्फ बाट पूर्ब प्रधानन्यायधीस कल्याण श्रेष्ठ, आम निर्वाचन पर्यवेक्षण समूह (जियोक)का अध्यक्ष  हिमालय शम्शेर जवरा,संविधानविद डा. सुर्य ढुंगेल, नेपाल कानून समाजका अध्यक्ष  तिर्थमान शाक्य,सबिधानशभा सदस्य  खिमलाल देवकोटा, नीति फाउण्डेसनका मोहनदास मानन्धर र  जर्ज भरजियस, खुल्ला विश्वविद्यालय डिन  डा. सिलु बज्राचार्य,काठमाण्डौ विश्वविद्यालयका डिन. ऋषिकेश वाग्ले,संविधानविद  डा. विपिन अधिकारी,नेपाल बार एशोसिएसनका अध्यक्ष  चण्डेश्वर श्रेष्ठ, र नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले बिज्ञप्ति जारी गर्नुभएको छ ।