७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव

अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव
अ+ अ-

काठमाडौँ । लगानी सहजीकरण सम्बन्धी विधेयकमा थप ऐन र विधेयकका केही बुँदाहरुलाई संशोधनको विषय प्राथमिकतामा राख्न व्यवसायीहरुले नेपाली काँग्रेसलाई सुझाव दिएका छन् ।

बुधवार सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा लगानी सहजीकरण सम्बन्धी विधेयकमा एकीकृत धारणा बनाउने उदेश्यले विज्ञसँगको छलफलमा व्यवसायीले यस्तो सुझाव दिएका हुन् । उनीहरुले सरकारले लगानी सम्मेलन लक्षित अध्यादेशमार्फत ८ ऐनमा गरेको संशोधन पर्याप्त नभएको भन्दै अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकमा अन्य थप ऐन पनि संशोधन गरेर जानुपर्नेमा नेपाली काँग्रेसले जोड दिनुपर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले संसदमा दर्ता भएर छलफलमा रहेको विधेयकमा लगानी सहजिकरणका लागि आवश्यक ऐन संशोधन प्रयाप्त नभएको बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसलाई ८ ऐन बाहेक अन्य ऐनलाई पनि एकीकृत रुपमा संशोधनमा प्राथमिकताका साथ लैजानुपर्ने सुझाव दिएको बताउनु भयो। उहाँले अहिले आएको विधेयकमा पनि धेरै बुँदाहरुमा संशोधनको आवश्यकता रहेको भन्दै त्यसलाई काँग्रेसले प्राथमिकता दिएर संशोधन प्रश्ताव लैजान सुझाव दिएको बताउनु भयो ।

उहाँले लगानी सम्मेलनको लागि धेरै कानूनमा संशोधनको लागि निजी क्षेत्रले मागलाई सरकारले सम्बोधन गरी ल्याएको विधेयक लगानी सहजिकरणको लागि पर्याप्त नभएको बताउनु भयो । उहाँले लगानी सहजिकरणको लागि भूमि सम्बन्धि ऐनमा सांसदहरुले बढी चासो राखेको बताउनु भयो ।

उहाँले भूमि सम्बन्धि ऐनमा हदबन्दी भन्दा भित्रको जग्गा ऋण फरफारक पार्नलाई बिक्री वितरण गर्न दिने र बैंकमा राख्न दिने भनिए पनि पर्याप्त नभएको उल्लेख गर्नुभयो । उहाँले सरकारले लगानी सहजीकरण सम्बन्धी विधेयकमा समावेश ८ वटा ऐनमा संशोधन हाल्नुपर्ने अवस्था नदेखेको बताउनु भयो । उहाँले निजी क्षेत्रसँग छलफल भएर आएका विधेयक भएपनि पर्याप्त नभएकाले अन्य थप ऐन संशोधन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ लगानी सम्मेलनका बेला आएको ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयक हो । यसको विषयमा काँग्रेस संसदीय दलले सरोकारवालाहरुसँग छलफलको लागि बोलायो । लगानी सम्मेलनको लागि धेरै कानूनमा संशोधनको लागि निजी क्षेत्रले माग गर्दै संशोधन नभएर लगानी सम्मेलनको औचित्य पुष्टि हुँदैन भन्ने पश्चात सरकारले विभिन्न मन्त्रालयसँगको छलफलपछि अध्यादेशमार्फत विधेयक ल्याएको थियो ।

निजी क्षेत्रले माग गरेका सबै प्रस्तावहरु ऐनमा आएका थिएनन् । तर तत्कालको लागि सरकार,सरोकारवाला मन्त्रालय र निजी क्षेत्र बीच सहमतिबाट तत्काल गर्नुपर्ने भएकाले ८ वटा ऐनमा संशोधन गरेर प्रश्ताव ल्याएको थियो । त्यसैलाई संशोधन गर्न ऐनको रुपमा संसदमा पेश भएको छ । लगानी सहजिकरणको लागि भूमि सम्बन्धि ऐनमा सांसदहरुले बढी चासो राख्नु भयो ।

भूमि सम्बन्धि ऐनमा हदबन्दी भन्दा भित्रको जग्गा ऋण फरकफरक पार्नलाई बिक्री वितरण गर्न दिने र बैंकमा राख्न दिनेकुरा आएको छ । यो अहिले संशोधन भएर आएपनि पार्याप्त छैन । ८ वटा ऐनमा संशोधन हाल्नुपर्ने अवस्था देखेका छ्रैनौं । निजी क्षेत्रसँग छलफल भएर आएको हो । तर यो विधेयकमा प्रर्याप्त छैन ,अरु थप ऐनहरु संशोधन आवश्यक छ । लगानी प्रवद्र्धन र सहजिकरण गर्नलाई अरु थप ऐनलाई संशोधन गरेर जानुपर्नेमा जोड दिएका छौं । अहिले आएका धेरै बुदाहरुमा संशोधनको आवश्यकता छ । त्यसलाई काँग्रेसले प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ ।’

नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले लगानी सहजीकरण सम्बन्धी विधेयकमा एकीकृत धारणा बनाउन नेपाली काँग्रेसले विज्ञहरुसँग छलफल गरेको बताउनु भयो । उहाँले कानून व्यवसायी र व्यवसायीहरुसँग छलफल गरेर काँग्रेसले ठोस धारणा बनाउने योजना रहेको बताउनु भयो ।

उहाँले जग्गा प्राप्ती गर्ने विषयमा पनि ऐनहरु संशोधन गर्ने प्रश्ताव रहेकोले विज्ञहरुले यसमा बढी चासो दिएको बताउनु भयो । उहाँले आफू अर्थमन्त्री हुँदा नेपालमा लगानीको लागि धेरै कानूनहरु बाधक रहेको भन्दै निजी क्षेत्रको सहभागितामा कार्यदल बनाएर सुझाव माग गरेको बताउनु भयो । उहाँले उक्त कार्यदलले दिएका सुझावको आधारमा ऐन संशोधनको लागि अध्यादेशमार्फत आएको विधेयकलाई अहिले सरकारले संसदमा दर्ता गरेर छलफलमा ल्याएको बताउनु भयो ।

उहाँले सरकारले ल्याएको विधेयकले लगानी सहजिकरण गर्ने विषयमा यथेष्ट सम्बोधन गरे नगरेको र दुरुपयोग हुने सम्भावनाका विषयमा कानूनी र निजी क्षेत्रबाट पनि सुझाव लिएको जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेसले मुलुकमा लगानीका लागि सरकारले सहजिकरण गर्नेसँगै दुरुपयोग पनि हुनुहुँदैन भन्ने विषयमा गम्भिर रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले लगानी सहजिकरणको लागि संशोधनका लागि आएको विधेयक पर्याप्त नभएको उल्लेख गरेको जानकारी दिनुभयो । उहाँले भूमि सम्बन्धि व्यवस्थामा उद्योग व्यवसायमा लाग्दै आएको हदबन्दीलाई सहज र हदबन्दी लाग्न नहुने निजी क्षेत्रको माग रहेको बताउनु भयो ।

लगानी सहजीकरण सम्बन्धी विधेयकमा औद्योगिक ऐन २०७६, भूमि सम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, जग्गा प्राप्त ऐन २०३४, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र वन ऐन २०७६ मा संशोधन प्रस्ताव गरिएको छ । मंगलवार प्रतिनिधि सभाबाट विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव स्वीकृत भएर विधेयकमा संशोधनका लागि ७२ घण्टे संशोधन प्रश्ताव पेश गर्न माग गरेको छ ।