२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान

बर्थिङ सेन्टरमा गर्भवतीको आकर्षण

बर्थिङ सेन्टरमा गर्भवतीको आकर्षण
अ अ+ अ-

सिमकोट । सुढेनी महिलाको सहायतमा घरमै सुत्केरी हुने परम्परा परिवर्तन हुँदै गएको छ । हिमाली जिल्ला हुम्लाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन थालेका छन् ।    सीप नेपालले बनाएको आधारभूत सामुदायिक स्वास्थ्य एकाई र चङ्खेली गाउँपालिकाको सहकार्यमा पिप्पलाङ बर्थिङ सेन्टरको स्थापना भएपछि यहाँका गर्भवती महिलालाई सहज भएको हो ।
 
चङ्खेली गाउँपालिका वडा नं ४ मा रहेको पिप्पलाङमा असोजदेखि बर्थिङ सेन्टरको स्थापना हुँदा यहाँ आसपासका गाउँका महिलाले नियमित गर्भजाँच गराउन थालेका छन् । पुस १३ गते सोमबार पहिलो पटक एकजना महिलालाई सेवा प्रदान गरिएको पिप्पलाङ बर्थिङ सेन्टरमा कार्यरत स्टाफ नर्स रमिता तामाङले जानकारी दिनुभयो ।
    
बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीले २५ वर्षीया हजारकला लुवारलाई पहिलो पटक सेवा प्रदान गरेका हुन् । बर्थिक सेन्टर स्थापना हुँदा गाउँका महिलाको आकर्षण बढेको नर्स तामाङले जानकारी दिनुभयो । हालसम्म पिप्लाङ बर्थिङ सेन्टरमा आठ महिलाले गर्भ जाँच गराउनुका साथै सोमबार स्वास्थ्यकर्मीको सक्रियतामा एक जनालाई सफलतापूर्वक सुत्केरी गराइएको उहाँले बताउनुभयो ।

यस्तै पुस महिनाभित्रै सुत्केरी हुने चारजना महिला रहेको उनीहरु सबै गर्भजाँचका लागि बर्थिङ सेन्टरमा आउने गरेका छन् । वडा नं ४ का नागरीकलाई सेवा प्रदान गर्ने उद्देश्यकका साथ सीप नेपालले सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन गरेको छ । गर्भवती महिलालाई गाउँबस्तीमा सहज रुपमा सुत्केरी गराउन यो सुविधा पिप्पाल, पाली, गाउँलगायत महिलाले पहिलो पटक सेवा पाएका हुन् । 
      
यसअघि यहाँका महिलाले घरमै गाउँका परम्परागत सुढेनीबाट सुत्केरी गराउने गरेको भए पनि अब यसको विस्तारै न्यूनीकरण हुँदै जान लागेको छ । बेथाले निक्कै च्यापेपछि हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लाने गरिन्थ्यो तर अब बर्थिङ सेन्टरको स्थापनाले यो समस्याबाट ग्रामीण बस्तीका महिलाले मुक्ति पाउने भएका छन् । 
    
यहाँका महिलालाई स्वास्थ्य संस्था पुग्नका लागि दुईदेखि तीन घण्टासम्मको पैदल हिँडेर जानुपर्ने अवस्था छ । आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले वर्षौंदेखि ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप रु एक हजार र यातायात खर्चबापत रु ४०० सुत्केरी महिलाले पाउने गरेका छन् । यसले गर्दा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूति सेवा लिई सन्तान जन्माउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।