७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

रिचार्ज कार्डमा मनपरी मूल्य

रिचार्ज कार्डमा मनपरी मूल्य
अ+ अ-

डोटी । जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिर्चाज कार्डमा मनपरी मूल्य लिने कार्य  अझै रोकिएको छैन । हालसम्म सम्बन्धित निकायले समेत कुनै सुनुवाइ नगरेको सेवाग्राहीका गुनासो छ ।
 
यहाँका गाउँघरका व्यापारीले मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै आएको दिपायल सिलगढी नगरपालिका–१ का भीमबहादुर साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमा व्यापारीले रिचार्ज कार्डमा मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै आएका छन्  । सम्बन्धित निकाय मौन बसेका छन् ।”

जिल्ला सदरमुकाम भन्दा बाहिर रहेका सबैजसो ग्रामीण भेगहरुमा व्यापारीले रिचार्ज कार्डमा उल्लेखित अधिकतम खुद्रा मूल्य भन्दा १० देखि २० रुपैयासम्म बढी लिने गरेको प्रयोगकर्ता (ग्राहक)को गुनासो छ । यहाँका गाउँमा व्यापारीले रु १०० को रिचार्ज कार्डमा रु १२० र रु ५० को कार्डमा रु ६० लिने गरेको स्थानीयवासीको आरोप छ । जिल्लाको बोगटान फुड्सिल , जोरायल, पूर्वीचौँकी, सायल, आदर्श, बडिकेदार गाउँपालिकालगायतका सडक यातायातको सुविधा पुगेका क्षेत्रमा पनि अधिकतम खुद्रा मूल्य भन्दा बढी रुपैयाँ लिने गरेको जनाइएको छ ।  नेपाल टेलिकमले  कुनै चासो नदिँदा  समस्या जस्ताको तस्तै रहेको जोरायल –५ का नीरज विष्टको भनाइ छ ।  कार्डहरुमा अधिकतम खुद्रा मूल्य प्रष्ट उल्लेख गरेको भए पनि व्यापारीले उक्त कुराको बेवास्ता गर्दै नियम विपरीत ग्राहकसँग बढी रकम असुल्ने गरेको उहाँको भनाइ छ । 

गाउँमा रिचार्ज कार्ड बिक्री गर्ने ग्राहकलाई रिचार्ज कार्डमा उल्लेख भएको मूल्यमा छुटदिइने भएकाले उनीहरुले गाउँमा बिक्री गर्दा जति रकमको रिचार्ज हो त्यत्ति रकम मात्रै लिनुपर्ने दिपायल पिपल्ला बजारमा नेपाल टेलिकम तथा एनसेलका रिचार्ज कार्ड थोकमा बिक्री वितरण गर्दै आउनु भएका डिलर व्यापारी किरण भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले गाउँका व्यापारीलाई कार्ड बिक्री्र गर्दा छुट दिएका हुन्छौँ, उहाँहरुले तोकिएको मूल्यमा ग्राहकसँग कार्ड बेचेकुनै घाटा हुँदैन ।” नेपाल टेलिकम दिपायल राजपरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले गाउँमा टेलिकमका कार्डमा तोकिएको भन्दा बढी मूल्य लिएको विषयमा अनुगमन गरिने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्डमा बढी मूल्य लिइँदैछ भन्ने सुन्नमा आएको छ, हामी खास कुरो केहो छानबिन गर्ने तयारीमा छौँ, गलत देखिए कारवाही हुन्छ ।” नेपाल टेलिकम व्यापार शाखा अत्तरियाका मगेन्द्र चौधरीले कार्डमा तोकिएको भन्दा बढी मूल्य लिने गरेको गुनासो आएपछि टेलिकमबाट छानबिनका लागि कर्मचारी खटिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“कार्डमा मनपरी मूल्य लिएको विषयमा कर्मचारी खटाएर अनुगमन गराउदै छौँ, गलत प्रमाणित भएका ठाउँमा तत्काल कारवाही हुन्छ ।”