७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

अङ्ग्रेजी नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक

अङ्ग्रेजी नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक
अ+ अ-

– रमेश गिरी
भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष–२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटरल आन्तरिक पर्यटकले भरिएका छन् । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेको आज बिहान भीड थियो भने रातभरि नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचोले होटल पाउन मुस्किल थियो ।

उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी पर्यटक पुगेका थिए । हिजो बेलुका बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्ने पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो । हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारीका कारण विदेशी पर्यटक नआए पनि स्वदेशी पर्यटकको आगमन देखेर होटल व्यवसायी उत्साहित भएका छन् । समुद्री सतहबाट दुईहजार मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ ।

यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँ बताउनुहुन्छ । सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै उहाँले कोरोना भाइरसको महामारीको बीचमा पनि नयाँ वर्ष २०२१ को उत्साह उमङ्ग स्वदेशी पर्यटकले थपेकोे उहाँ बताउनुहुन्छ ।

नेपाली नयाँ वर्ष २०७७ सुनसान बनेको पर्यटकीय क्षेत्र अङ्ग्रेजी नयाँ वर्षमा चलायमान बनेको बताउँदै होटल व्यवसायी बकेँ भन्नुहुन्छ, “रानीकोट ऐतिहासिकरुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँ वर्षमा त झन पर्यटक खचाखच हुने गर्थे कोरोनाको बाबजुद पनि यस वर्ष आन्तरिक पर्यटकको घुइँचो लागेको देखेको पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा पलाएको छ ।” रानीकोटमा रु १६ करोडको लागतमा भिलेज हाइल्याण्ड रिसोर्ट होटल सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नुपरे पनि अहिले भने पुनःआशा जगाएको बकेँले बताउनुभयो ।

आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्य होटलमा पठाउनुपरेको भन्दै उहाँले आज पनि होटलमा आन्तरिक पर्यटकले भरिएको बताउनुभयो । कोरोनाका कारण गत चैतदेखि नै बन्द रहेका नगरकोटका सानादेखि ठूला होटल धमाधम खुल्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी भएपछि रित्तिएका यहाँका होटल नयाँ वर्ष २०७७ मा पहिलो पटक खाली भए पनि अङ्ग्रेजी नयाँ वर्ष २०२१ मा भने विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकको आगमन राम्रो रहेको नगरकोट बसपार्कमा रहेको होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछाने बताउनुहुन्छ ।

“मैले होटल क्षेत्रमा काम गरेको २० वर्ष बढी भयो तर यसरी होटल सुनसान भएको पहिलो पटक हो, हरेक नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थे”, उहाँ भन्नुहुन्छ, “तर यस वर्ष नेपाली नयाँ वर्षमा सुनसान रहे पनि अङ्ग्रेजी नयाँ वर्षमा भने आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुनः आशा पलाएको छ ।” उहाँले अधिकांश होटलमा ६५ प्रतिशत आन्तरिक पर्यटकको आगमन भएको बताउनुभयो । नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले अङ्ग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकले खचाखच हुने नगरकोट यस वर्ष स्वदेशी पर्यटकको आगमन राम्रो रहेको बताउनुभयो ।

कोरोना भाइरसका कारण अधिकांश होटलका कामदार घर फर्किएका र होटल बन्द भएपनि पर्यटन व्यवसाय पुनः चलायमान हुने देखिएपछि होटल पुनः सञ्चालनमा आएको बताउनुभयो । सन् २०२० को अन्तिम दिनलाई बिदाइ गर्ने र २०२१ को पहिलो दिनको सूर्योदयलाई स्वागत गर्ने यस वर्ष विदेशी पर्यटक नभएर खल्लो भए पनि स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यवसायमा आशा पलाएको उहाँले बताउनुभयो ।