१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले टी-२० विश्वकप खेल्ने १५ जना खेलाडीलाई जनही १३ लाख प्रदान गरेको छ ।

मन्त्रालयमा आइतबार एक कार्यक्रम गर्दै विश्वकपका लागि छनोट भएका १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियो गरि नगद २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरेको हो ।

यस्तै, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार प्रदान गरिएको छ । टीम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको छ ।

त्यसैगरी, १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई १९ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठलाई २ लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीलाई समान ७८ हजार र व्यवस्थापक निवास गोपाल वैद्यलाई १ लाख ९५ हजारसहित सम्मान नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

यस्तै, मन्त्रालयले १९औं एसियाली खेलकुदमा महिलातर्फ कबड्डीमा काँस्य पदक ल्याउने १२ जना खेलाडीलाई जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षकलाई २ लाख ६० हजार, सहायक प्रशिक्षक र टीम व्यवस्थापकलाई जनही १ लाख ३० हजार प्रदान गरेको छ ।

त्यसैगरी, मन्त्रालयले चौथो एसियाली पारा खेलकुदमा काँस्य पदक ल्याउने पलेशालाई १३ लाख, उनका प्रशिक्षकलाई २ लाख ६० हजार र टीम व्यवस्थापकलाई १ लाख ३० हजार रुपैयाँसहित सम्मान गरेको छ ।