११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्यान्डको पहिलो जित 



अ+ अ-
काठमाडौँ । आइसिसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।
वेस्टइन्डिजको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा शनिबार भएको खेलमा न्यूजिल्यान्डले युगान्डलाई नौ विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित दर्ता गराएको हो । जितसँगै समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले तीन खेलमा २ अङ्क जोडेको छ । चार खेले खेलेको युगान्डाको २ अङ्क छ  ।
युगान्डाले प्रस्तुत गरेको ४१ रनको सामान्य  लक्ष्य पच्छाएको न्यूजिल्यान्डले पाँच दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । न्यूजिल्यान्डका लागि डिभोन केन्वेले अविजित २२ रन बनाए । त्यस्तै फिनन् अल्लेनले नौ रन जोड्दा रचिन अभिन्द्र एक रनमा अविजित रहे ।
बलिङतर्फ युगान्डाका रियाजत अली शाहले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युगान्डाले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल बनाएको थियो । युगान्डाका लागि केनथ वाइस्वाले सर्वाधिक ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
युगान्डालाई सस्तैमा समेट्नेक्रममा न्यूजिल्यान्डका टिम साउथीले तीन विकेट लिए भने  ट्रेन्ट बोल्ट, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान दुई÷दुई विकेट लिए । त्यस्तै लोकी फर्गुसनले १ विकेट झारे ।