२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन आत्मघाती गोल हान्न खोज्दैछ सत्तारुढ गठबन्धन ?



अ+ अ-

 काठमाडौ । यतिबेला राजनीतिक दलहरुका आन्तरिक छलफल सञ्चारमाध्याम तथा सामाजिक सञ्जालमा धेरै चर्चा भएको बिषय हो– आगामी स्थानीय तहको निर्वाचन । करिब एक सातादेखि यो विषय चौतर्फी बहस र छलफलको बिषय बनेको छ । मंगलबार मात्र निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । तर सत्ता गठबन्धन भने निर्बाचनको मिति तोक्ने भन्दा पनि निर्वाचन सार्ने छिद्र खोजेर बसेको छ । 

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सार्बजनिक रुपमा यस बारेमा स्पष्ट धारणा सार्बजनिक गर्नुभएको छैन तर उहाँका दुई सहयात्री तथा सारथी नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादीका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल भने कानूनी छिद्रको सहारामा छन् । बैशाखमा निर्बाचन हुनै नसक्ने अभिब्यक्ति दिदैँ आउनु भएको छ उहाँहरु । भलै उहाँहरुको यो अभिव्यक्तिको समर्थन भन्दा आलोचना नै बढी भएको छ । 

स्थानीय निर्बाचनबारे सत्ता गठबन्धनको रबैयाप्रति नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीको टिप्पणी छ– गठबन्धन सरकारमा समन्वय र सहजीकरणका लागि गठित उच्चस्तरीय संयन्त्रको नाममा संविधान संशोधन र स्थानिय निर्वाचन जस्ता गम्भीर विषय पार्टीमा प्रवेस नै नगरी लाद्ने कार्य भएमा, यो पार्टीको विधान प्रक्रिया र अस्तित्व विपरीत, पार्र्टीलाई संयन्त्रको सहायक वा परजीवी बनाउने आत्मघाती प्रयास हुनेछ ।

केसी जस्तै नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरेको बुझाई पनि उस्तै छ । घिमिरे भन्नुहुन्छ– अहिले देउवाजीको नेतृत्वमा रहेको नेकाँ ४ ओटा कम्युनिष्टहरू (प्रचण्ड, माधव, उपेन्द्र र बाबुराम र चित्रबहादुरजी) को चंगुलमा फसेको छ । चौटा खान गएको झोलमै डुब्ने पो भयो त । यी चार ओटाको ब्लयाकमेलिंगमा फसिरहनु भन्दा एमालेसँग हात मिलाउने हो कि ? सं २०५५/५६ सालमा मालेको घुर्किबाट वाक्क भएर गिरिजाबाबुले एमालेसँग हात मिलाएर चुनाव गराएको कुरा त देउवाजीलाई अवगत नै छ । ओलीजी, तपाईंलाई पनि यस्तो मौका फेरि नआउन सक्छ । निर्बाचन आयोगले पनि वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम विलम्ब हुँदै गए निर्वाचन व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जाने स्मरण गराएको छ ।

यसैगरी नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ । खरेलले भन्नभयो “वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन । यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो । संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ ।”चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उहाँको आरोप थियो । स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उहाँको धारणा छ । अर्लि  इलेक्सनु वा तीनवटै तहको सरकारको चुनाव एकैपटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको एमाले नेता खरेलको आरोप छ ।

यसैगरी पूर्व महान्यायाधीबक्ता रमेश बडाल पनि स्थानियतहलाई जन प्रतिनिधि विहिन वनाउने, सबै तहमा संविधान विपरित गठवन्धन संयन्त्रले काम गर्ने ऐन वनाउने षडयन्त्र भएको दाबी गर्नुहुन्छ । बडालका अनुसार स्थानियतहको चुनाव आगामी वर्ष चैत्रमा गर्ने प्रचार गर्ने, प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आगामि चैत्रमा एकै पटक गर्ने भनी प्रचार गर्ने, त्यो भन्दा अगावै राष्ट्रपति र उपराष्ट्रपति २०७९ फागुन २९ र चैत्र ५ गते पदमुक्त घोषणा गर्ने षडयन्त्र भैरहेको छ । बडाल मुलुकमा सवै निर्वाचित निकायविहीन वनाएपछि संविधान स्वाहाको घोषणा गर्ने । स्थानीय तहको चुनाव नगरी नियन्त्रित अस्थिरताको पक्षपातीको सेवा गर्यो भने जनताले अदालतबाट बनेको तिमीहरुको सरकार जनवलबाटै फालीदिने बताउनु हुन्छ ।

यसैगरी राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटा संविधान कार्यान्वन गरी स्थानीय लोकतन्त्रको जगलाई मजवुत वनाउने समयमा स्थानीय तहको चुनाव सार्नु आत्मघाती हुनसक्ने यथार्तलाई वुझन जरुरी रहेको बताउनु हुन्छ ।

यसैगरी अधिवक्ता ओमप्रकाश अर्यालको बुझाई पनि उस्तै रहेको छ । अर्याल भन्नुहुन्छ– कार्यकाल सकिनुभन्दा दुई महिना अघि मतदान र मत गणना, अनि कार्यकाल सकिएको भोलिपल्ट निर्वाचित भएको घोषणा र निर्वाचन सम्पन्न । यसो गर्दा सवैले ठिक पाँच बर्ष कार्यकाल पुरा गर्न पाउँछन् । एक दिन खाली पनि रहँदैन । संविधान र कानुनको व्यवस्थाको समग्रतामा यही अर्थ निस्कन्छ । 

माओबादी केन्द्रका नेता रामनारायण बिडारी भने निर्बाचन आयोगले गरेको आग्रह नै गलत भएको दाबी गर्नुहुन्छ । बिडारीका अनुसार निर्वाचन आयोगले संबिधानप्रति सपथ खाको हो कि ऐन र निर्देशिकाप्रति ? चुनाव त संविधानतः असोज २ यता गर्न मिल्दैन नि । उहाँको तर्क छ संविधानले नै स्थानीय तह खालि हुने कल्पना गरेको छ (धारा२२५) । तर ऐन वनाउँदा धारा ११९ को काम गरेनन् । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा ९१० बमोजिम मिति तोक्न आग्रह गरेको हो ।

यसरी निर्वाचन अहिले गर्ने कि कहिले गर्ने भन्ने अन्यमनस्क अवस्थामा सत्ता गठबन्धन दलहरु पुगेका बेलामा जनता भने विलखबन्दमा परेका छन् । जहिले महत्वपूर्ण काम गर्नुपर्यो संविधानमाथि नै खोट देखाउन यी नेताहर उद्धत रहेको देखेका जनताले प्रश्न गर्दैछन्– सत्तारुढ गठबन्धन किन आत्मघाती गोल हान्न खोज्दैछ ? चुनाव नगर्ने अनि संविधानलाई दोष दिने प्रपञ्च किन र कसलाई लागि रचिँदैछ ? 
 




भर्खरै