४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

“डिजिटल रूपान्तरणलाई अँगाल्दै” आइएमई २४ औ वर्षमा प्रवेश

“डिजिटल रूपान्तरणलाई अँगाल्दै” आइएमई २४ औ वर्षमा प्रवेश
अ+ अ-

काठमाडौँ। नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा भएको छ । २४ औँ वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ ।

आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले बुधवार काठमाडौँमा विशेष कार्यक्रममा आयोजना गर्यो । “डिजिटल रुपान्तरणलाई अंगाल्दै” भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई ग्रुपका सह(सस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्न पुर्‍याउने कम्पनीको रूपमा आइएमईले योगदान गरिरहेको बताउनु भयो । रेमिटेन्स सेवा रकमको औपचारिक आदान प्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गर्नु भयो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सन्देश मार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै अध्यक्ष ढकालले २४ वर्षको यात्रामा निरन्तर सहयोग गर्नुहुने सेवाग्राहीहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने पनि उल्लेख गर्नुभयो ।

त्यसै गरी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताउनु भयो । प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्दै विविधिकृत सेवाहरूको मध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिँदै अघि बढ्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गर्नु भयो ।

उक्त समारोहमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उप बिजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । सो समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो ।