२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा राराको पहिलो सेमिफाइनल अन्तर्गत मछिन्द्र र एपीएफ भिड्दै



अ+ अ-

पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज (बुधबार) पहिलो सेमिफाइनल खेल हुँदैछ ।

मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच पहिलो सेमिफाइनल खेल हुन लागेको हो । फाइनल पुग्नका लागि यी दुई टिमबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

दुबै टिमको प्रमुख लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हो । यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।

मछिन्द्रले साविक विजेता संकटा क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको हो भने मछिन्द्रले पहिलो पटक सेमिफाइनलमा समेत स्थान बनाएको हो ।

एपीएफले पाहुना टोली बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । 

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार प्राप्त गर्दा उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछन् । 

यस्तै, यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।




भर्खरै