२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवी प्याकुरेलको गजल : जिन्दगीको घमण्ड धुवाँ धुवाँ भएरै सकिन्छ



अ+ अ-

जिन्दगीको घमण्ड धुवाँ धुवाँ भएरै सकिन्छ । 
धुवाँ हावा अनि हावा जीवन भएरै सकिन्छ । 
 
कलम मात्र दिएको हुँ, मसि त आफैले जोहो गरेस
तेरो मेरो भन्दा भन्दै कसैको नभएरै सकिन्छ । 

धेरै धेरै पहिलेको कुरा हो, मुना मदन भन्दा पछिको 
कयौं सम्बन्धहरु अचेल भोट नगएरै सकिन्छ । 

चिसो छ यो हावा,चैतमा तातो हुन्छ यहीँ आखिरी 
पोल्दछ मायाले तर पनि जलन सहेरै सकिन्छ । 

एउटा सत्य थाहाँ नै छ, जन्मीने मर्दछ अवश्य
हुन्छ कथा व्यथा सबैको तर नकहरै सकिन्छ । 

देवी प्याकुरेल “आकाशको बादल”
सुनसरी