२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

इलोन मस्क : विश्वकै सबैभन्दा धनी बन्न सफल व्यक्तिका ६ वटा रहस्यहरू

इलोन मस्क : विश्वकै सबैभन्दा धनी बन्न सफल व्यक्तिका ६ वटा रहस्यहरू
अ अ+ अ-

इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। टेस्ला र स्पेसएक्सका उद्यमी मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढी रहेको छ। विद्युतीय कार कम्पनीको सेयर मूल्य वृद्धि भएपछि उनको सम्पत्ति बढेको हो।

उनको सफलताको रहस्य के हो ?

केही वर्षअघि मैले यसै विषयमा कुराकानी गर्दै उनीसँग करिब एक घण्टा बिताएको थिएँ। उनको सफलतालाई बुझ्न हामीले उक्त अन्तर्वार्तालाई प्रकाशित गर्ने निर्णय गर्‍यौँ।

व्यापारमा सफल बन्न इलोन मस्कले अपनाएका सफलता सूत्रहरू:

१) यो पैसासँग सम्बन्धित होइन :  यो व्यापारप्रति मस्कको केन्द्रीय प्रवृत्ति हो। सन् २०१४ मा मैले उनको अन्तर्वार्ता लिँदा उनले आफू कति धनी थिएँ भन्ने आफैँलाई थाहा नभएको बताएका थिए।

उनले भनेका थिए, कहीँ नगदको खात छ भन्ने होइन। यो त्यति मात्र हो कि मसँग टेस्ला, स्पेसएक्स र सोलारसिटीका लागि केही मतहरू छन् र बजारमा ती मतका मूल्य छ। उनले धनले मात्र आफूलाई नतानेको बताएका थिए। उनको यो दृष्टिकोणले वास्तवमै काम गरिरहेको देखिन्छ। विशेषगरी उनको विद्युतीय कार कम्पनी टेस्लाले राम्रो गर्‍यो। गएको एक वर्षमा यसको सेयर मूल्य बढेर ७०० अर्ब डलरभन्दा बढी भयो। यसै वर्ष ५० वर्ष लागेका मस्कले चाहिँ आफ्नो धनी व्यक्तिकै रूपमा मृत्यु हुने ठानेका छैनन्।

२) आफ्नो इच्छालाई पछ्याउनु : मङ्गल ग्रहमा आधार बनाउने योजनाले मस्क कसरी सफलतामा विश्वास गर्छन् भन्ने सङ्केत गर्छ। उनले मसँग भनेका थिए, तपाईँ भविष्यका कुराहरू राम्रो हुन् भन्ने चाहनुहुन्छ। तपाई चाहनुहुन्छ ती रोमाञ्चक कुराले जीवनलाई उत्तम बनाउने छन्। उनले आफूले अमेरिकी अन्तरिक्ष कार्यक्रमसँग थप महत्त्वकाङ्क्षा नभएकाले त्यसबाट निराश भएर स्पेसएक्स कम्पनी स्थापना गरेको बताएका थिए। उनी आफ्नो अधिकांश पैसा मङ्गल ग्रहमा एउटा आधार बनाउनमै खर्च हुने ठान्छन् र त्यसका लागि उनको सम्पूर्ण भविष्य सकिए पनि आश्चर्यचकित हुने छैनन्।

स्पेसएक्सको रकेट लन्च क्षेत्र

वास्तमा उनले बिल गेट्सले जस्तो अर्बौँ रकम ब्याङ्कमा राखेर जीवन समाप्त पार्ने छैनन्। उनी गेट्सले राम्रो कामका लागि रकम खर्च नगरेर असफल भएको रूपमा हेर्छन्। उनले भनेका थिए, म पृथ्वीभन्दा बाहिर जाने, मङ्गलमा एक व्यक्तिलाई खडा गर्ने, चन्द्रमामा एउटा आधार बनाउने र अन्तरिक्षमा लगातार उडानहरू भर्ने आशा गरिरहेको छु।

त्यो हुन नसकेपछि उनी मङ्गल ग्रहमा एउटा सानो ग्रीन हाउसलाई पठाउने मार्स ओयसिस मिसनूको योजना लिएर आए। त्यसले अन्तरिक्षबारे मानिसहरूलाई फेरि एकपटक उत्साहित बनायो र अमेरिकी सरकारले नासाको बजेट बढायो। त्यसपछि उनले समस्या इच्छाको कमीमा भन्दा पनि त्यसलाई कसरी गरिन्छ भन्नेमा रहेको थाहा पाए। अन्तरिक्ष प्रविधि आवश्यकताभन्दा बढी नै महँगो भएको थाहा भएपछि जन्मियो ( विश्वकै सबैभन्दा सस्तो रकेट लञ्चिङ व्यापार। र, महत्त्वपूर्ण कुरा त के भने यसको उद्देश्य पैसा कमाउनु भन्दा पनि मङ्गल ग्रहमा मान्छेलाई उतार्नु हो।

३) ठूलो कुरा सोच्न नडराउनु :  मस्कका व्यवसायहरूको विचित्रको कुरा त्यसमा रहेको दुस्साहस हो। उनी कार उद्योगमा क्रान्ति ल्याउन चाहन्छन्, मङ्गल ग्रहलाई उपनिवेश बनाउन चाहन्छन्, भ्याक्युम टनेलमा तीव्र गतिको रेल दौडाउन चाहन्छन्, आर्टिफिसियल इन्टलिजेन्सलाई मानिसको दिमागमा एकीकृत गर्न खोज्छन् र सौर्य ऊर्जा तथा ब्याट्री उद्योगलाई बढाउन चाहन्छन्।

यी सबै कुराहरू सन् १९८० ताका बालबालिकाहरूका लागि प्रकाशित हुने पत्रिकाहरूमा भविष्यको कल्पना गरिएर लेखिएका कथाहरूमा पाइन्छन्। मस्क पनि त्यसलाई लुकाउँदैनन्। उनले दक्षिण अफ्रिकामा बालक हुँदा हेरेका फिल्महरू र पुस्तकहरूबाट आफू प्रेरित भएको बताए। उनी धेरै कम्पनीहरू न्यून महत्त्वाकाङ्क्षा रहेको ठान्छन्। उनी यदि कुनै कम्पनीको प्रमुखले सामान्य खाले लक्ष्य राखेर त्यो पूरा नभए पनि कसैले उसलाई दोष नदिने तर कसैले ठूलो उद्देश्य राखेर त्यो पूरा नभए उसलाई हटाइने दाबी गर्छन्।

सन् २०१९ मा चीनमा टेस्लाको निर्माणाधीन उद्योग

४) खतरा मोल्न तयार हुनु :  मस्क अधिकांशले मोल्नेभन्दा बढ्तै खतरा मोल्छन्। उनले सन् २००२ मा उनका सुरुका दुई वटा उद्यमहरू बिक्री गरेका थिए। एउटा जीपटु नामक इन्टरनेट सिटी गाइड थियो भने अर्को अनलाइन भुक्तानी सेवा पेपाल थियो।त्यसबेला उनी ३० वर्षमा प्रवेश गर्दै थिए र उनीसँग ब्याङ्कमा करिब २० करोड डलर थियो। उद्देश्य आधा भविष्यको व्यापारमा लगाउने र आधा बचत गर्ने थियो। तर त्यसले काम गरेन। मैले उनलाई भेट्दा उनी आफ्नो व्यवसायका अँध्यारा दिनहरूबाट भर्खरै बाहिर आउँदै थिए। उनका नयाँ कम्पनीहरूले हर तरहका समस्याहरू भोगिरहेका थिए। स्पेसएक्सका पहिला तीनवटा योजना असफल भएका थिए भने टेस्लाले उत्पादन, वितरण र डिजाइनको समस्या भोगिरहेको थियो।

त्यसपछि आर्थिक मन्दी आयो। त्यसबेला आफूसँग कि त पैसा राख्ने र कम्पनीहरूलाई मार्ने वा लगानी गरेर एउटा मौका पर्खिने विकल्प रहेको उनी बताउँछन्। उनले पैसा लगानी गर्दै गए। ऋणमा डुबेका बेला उनले जीवन निर्वाहका लागि समेत साथीहरूसँग रकम माग्नुपर्‍यो। के त्यसो भए उनलाई डुब्छु भनेर डर लाग्यो ? उनले आफूलाई त्यस्तो नलागेको तर आफ्ना छोराछोरीका लागि सरकारी स्कुलमा पढाउनु पर्ने हुनसक्छ भन्ठानेर एउटा स्कुलमा गएको बताए।

विद्युतीय कार

५) आलोचकको बेवास्ता गर्नु : मस्कको व्यापारमा सफलताको अर्को सूत्र हो। आलोचकको कुरा नसुन्नु। सुरुवातमा उनले स्पेसएक्स वा टेस्लाले कहिले कमाउलान् भनेर नसोचेको मलाई बताएका थिए। त्यसबेला अरूले पनि त्यस्तै सोचेका थिए। तर उनले सबै आलोचनाको बेवास्ता गरे र अघि बढे। उनी आफू मूर्ख देखिने कुराले चिन्तित हुँदैनन्। त्यसले निर्णय क्षमतालाई निकै सजिलो पार्छ र आफूले गर्न चाहेको कुरामा केन्द्रित हुन मद्दत गर्छ।

६) आफैँमा रमाउनु : यो सूत्रलाई पछ्याउनुस्, अलिकति भाग्यले साथ दियो भने तपाईँ धनी र चर्चित बन्न सक्नुहुन्छ। मस्क एकदमै धेरै काम गर्ने भनेर चर्चित छन्। टेस्ला मोडेल(३ का लागि उनले लगातार साता १२० घण्टा काम गरेको दाबी गरिन्छ। तर हामीले भेट्दा उनी आफैँमा रमाइरहेका थिए। उनी सामाजिक सञ्जालमा उनले व्यक्त गरेका अभिव्यक्तिहरूले पनि विवादमा आइरहन्छन्।

सन् २०१८ मा उनले टेस्लालाई निजी बनाउने ट्वीट गरेर अमेरिकी वित्तीय नियामकसँग उल्झनमा परेका थिए। कोरोनाभाइरसपछि लगाइएको लकडाउनलाई लिएर पनि उनले त्यसको विरोध गरेका थिए। उनले आफ्नो नवजात छोराको अनौठो नाम राखेर पनि चर्चामा आएका थिए। बीबीसी  (जस्टिन रोल्याट)