१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताउनु भयो । उहाँले सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताउनु भयो ।

उहाँले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताउनु भयो । उहाँले देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको बताउनु भयो । उहाँले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा हिँड्ने खाले नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरुसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ । अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन । त्यही सिलसिलामा मैले प्रधानमन्त्रीसँग असमझदारी नहोस् भनेर मैले प्रधानमन्त्रीलाई फोन पनि गरेँ ।

उहाँले भन्नुभयो, ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेण्ट फाइनल नगरिदिनु होला । कति बेला के हुने हो भन्ने स्थिति थियो र विश्वास छ, एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ । हामी दुई वटा नाउमा खुट्टा राखेर हिँड्दैनौँ ।’

उहाँले अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सरकारमा बस्ने की नबस्ने भन्नेमा पार्टीको बैठकले टुंगो लगाउने बताउनु भयो ।