११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

श्री केश तेलः कपाल उमार्ने भन्दै तेलको विज्ञापन गरेर कलाकार नै जान्छन् आफ्नो कपाल रोप्न अस्पताल

श्री केश तेलः कपाल उमार्ने भन्दै तेलको विज्ञापन गरेर कलाकार नै जान्छन् आफ्नो कपाल रोप्न अस्पताल
अ अ+ अ-

काठमाडौं। सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको पर्दाफास भएको छ। कपाल झर्न रोक्ने,चाँया हटाउने,नयाँ कपाल पलाउने,टाउको चिलाउन रोक्ने,कपाल सिल्की बनाउने जस्ता झुटा प्रचार गरेर ठगी गर्ने गरेको विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि समाचार रोक्न पत्रकारलाइ विज्ञापनको प्रलोभनदेखि समाचार नलेख्नेसम्मका धम्की दिन थालिएको छ।

नेपालमा उत्पादन समेत नभएको तेललाइ नेपाली ब्राण्ड भन्दै सर्वसाधारणलाइ झुक्काएर खुलम खुला ठगी गरेको स्पष्ट देखिन्छ भारतमा उत्पादन भएको तेललाइ नेपाली उत्पादन भन्दै भ्रम फैलाएर तेल बिक्री वितरण गरेको ग्राहकहरूले नै बताउने गरेका छन्।

कपाल झर्न रोक्ने भन्दै औषधीय प्रयोजनमा निकै विज्ञापन गरेर चर्चामा रहेको श्रीकेश तेल नेपालमा अवैध रुपमा विक्री वितरण भएको समाचार प्रकाशित भएपछि श्रीकेश तेलका संचालक टिकाराम बुढाथोकीले आफ्ना कर्तु लुकाउन विज्ञापन दिनेदेखि विभिन्न मान्छे प्रयोग गर्नेसम्मका काम गरि रहेका छन्। गणेश थापा नाम गरेका एक व्यक्तिले धम्कीपूर्ण शैलीमा भने‘ जथाभावी समाचार लेख्ने म पनि कुनै एक टेलिभिजनको जिएम हो म पनि पत्रकार हो भन्न पछि परेनन्। उनले धम्कीपूर्ण शैलीमा भने केही मिडियाहरू हाम्रो पछि लागेका छन् अब मुद्दा हालेर ठिक पारिन्छ भन्दै धम्कीपूर्ण शैलीमा पत्रकारलाइ धम्काउने र समाचार लेख्न रोक्ने उनको मानसिक्ता देखिन्थ्यो। तर पत्रकार कसैको धम्की र प्रलोभनमा पर्दैन भन्ने पनि हेक्का राख्न पत्रकारको नाममा तस्करी गर्नेहरूलाइ चुनौति दिन चाहान्छौं।

त्यस्तै उनले भने म पनि पत्रकार हुँ,समाचार कसरी लेख्नुपर्छ हामीलाई पनि थहा छ। यस्ता पनि पत्रकार भन्दै उनले भौतिक आक्रमण गर्नेसम्मको धम्की दिनसम्म पछि परेनन्। तर हामी कुनै पनि किसिमका डर, त्रास, प्रलोभन र धम्कीबाट अलिकति पनि विचलित नभइ आफ्नो पत्रकारिता स्वच्छ र निष्पक्ष रूपमा अगाडी बढाउन कोही कसैका धम्कीले केही हुनेवाला छैन।

पछिल्लो समय वरिष्ठ कलाकारदेखि पूर्व राष्ट्रपतिहुँदै प्रधानमन्त्रीसम्मको हातमा देखिने यो तेल सम्बन्धित निकायबाट उत्पादन अनुमति समेत नलिई विक्री वितरण हुँदै आएको तथ्य भेटिएको हो।

उत्पादक सप्तऋषी आयुर्वेद नामक आयुर्वेद अस्पतालले यो तेल उत्पादन र विक्री वितरण गर्दै आएको छ। प्रति बोत्तल ३ हजार रुपैयाँमा विक्री हुँदै आएको यो तेल वैज्ञानिक र प्रमाणित नहुँदै करोडौँको विक्री भइसकेको छ। तर,सरोकारवाला निकायले भने कुनै चासो दिएका छैनन्।

दर्ता छैन औषधी व्यवस्था विभागमा

आयुर्वेद औषधालयका प्रमुख चिकित्सक डा।रुपेन्द्र पुरीले भने यो तेलबारे आफूहरुलाई कुनै जानकारी नभएको र यो विषयमा धेरै बोली सकेको पनि बताए। औषधी व्यवस्था विभागमा दर्ता हुनुपर्छ तर सप्तऋशी आयूर्वेद नामको संस्था औषधि व्यवस्था विभागमा दर्ता नै भएको छैन,उनले भने,हामीले यहाँ दर्ता गरिसकेपछि उक्त संस्थाले के कस्तो औषधि उत्पादन गर्ने हो भनेर यसको चेकजाँच गर्ने हो। तर यो संस्था विभागमा दर्ता नै नभएका कारण हामीलाई यस विषयमा जानकारी भएन। यसरी दर्ता नै नगरी सञ्चालन गरिनु सराशर अवैधानिक देखिन्छ यस्ता अवैधानिक कार्य गर्नेलाइ सरकारका सम्बन्धित निकायले कारबाहीको दाहेरामा ल्याउनु पर्छ।

के भन्छ श्रीकेश उत्पादन गर्दै आएको शप्तऋशी आयुर्वेद संस्था

पछिल्लो समय श्रीकेश तेल एकदमै चर्चामा छ। यसको आधिकारिक विवरण भने अहिलेसम्म पत्ता लागेको छैन हामीले यो तेल र यसको उत्पादन गर्दै आएको सप्तऋशी आयुर्वेदसंस्थासँग यसबारे जानकारी लिन खोज्दा संस्था नै पन्छिएको छ। तर पन्छिदैमा कुनै समस्याको समाधान हुने भने होइन बजारमा ब्रमलुट गरेको श्रीकेश तेलले यतिको पन्छिनु खासै ठूलो कुरा भने होइन।

अफिसमा भेटेरै कुरा गरौंला फोनबाट भन्दा पनि भन्ने रेडिमेड जवाफ आउने गरेको छ। दालमा केही कालो नभए सत्य सूचना दिन सम्बन्धित अफिसका कर्मचारीलाइ फोन गर्दा किन पन्छाउने मात्र काम गरिरहेका हुन्छन्।

हामी आधिकारिक हो। टिकाराम बुढाथोकीका मेनेजर बताउने नवराज विश्वकर्माले भने तपाइहरू अफिसमै आउनुस् यतै कुरा गरौला फोनबाट कुरा गरेर मात्र हुँदैन। हामीले गर्ने ठाउँमा दर्ता गरेका छौं उनले अल्मलिदै भने,अब त्यस्तो न्युजमा त खै अहिले के गर्नु यसो भेटेर गफ गरौला नि हुन्न ? अफिस तीर आउनु उनले भने।

औषधी व्यवस्था विभागका एक अधिकारी उक्त तेल उत्पादक कम्पनी औषधि व्यवस्था विभागमा दर्ता नभएको जनाए। काठमाडौंको मध्य बानेश्वरमा रहेको सप्तऋषी आयुर्वेद मूलत आयुर्वेद अस्पताल हो। आयुर्वेद अस्पतालले ओपीडि, ल्याब संचालन गरिरहेको बोर्ड टाँसेको छ। अस्पतालले आयुर्वेदिक तेल भन्दै चिकित्सकीय प्रयोजनका लागि भन्दै तेल विक्री गरिरहेको छ।

यस्तो छ आयुर्वेद चिकित्सा परिषद ऐन २०४५ (तेस्रो संशोधन २०७४) अनुसार आयुर्वेद चिकित्सा व्यावसया गर्नका लागि दर्ता नभएका चिकित्सकले यो व्यवसाय गर्न पाइँदैन। यो ऐनको दफा ५.१.१ अनुसार दर्तावाला चिकित्सकले बाहेक अरु कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले आयुर्वेद चिकित्साको व्यावसाय गर्न पाउने छैन। यो ऐन अनुसार बुढाथोकी चिकित्सक होइनन्। तर, उनले आयुर्वेद चिकित्साको उत्पादन भन्दै श्रीकेश तेल विक्री गर्दै आइरहेका छन्।

प्रति बोत्तल ३ हजार रुपैयाँ असुली: करोडौँ भ्याट छली

उत्पादक कम्पनि सप्तऋषि आयुर्वेदले प्रति बोत्तल ३ हजार रुपैयाँ असुली गरिरहेको छ। तर, मूल्य निर्धारण कुनै निकायबाट नभई कम्पनिले आफै खुशी गरेको हो। यो तेल खरिद गर्दा खरिदकर्ताले भ्याट बिल समेत पाउँदैनन्। विभिन्न कम्पनिको नाममा प्यान बिल दिइन्छ।

यसअघि पनि बुढाथोकीलाइ लागेको थियो ठगीको आरोप

त्यसो त बुढाथोकीमाथि यसअघि पनि विभिन्न रोग ठीक पारिदिने भन्दै भ्रम फैलाएर औषधी विक्री गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी परेको थियो। तर,उनी कारबाहीबाट भाग्दै आएका छन्।

हामीले प्रतिक्रियाका लागि टिकाराम बुढाथोकीको भनिएको नम्बरमा सम्पर्क गरेका थियौ। तर, उनको नम्बरमा फोन गर्दा उनका म्यानेजर बताउने एक व्यक्तिले फोन उठाउने गरेका थिए। तर आज म्यानेजर बताउने ती व्यक्तिले समेत फोन उठाउन छोडेका छन्।

हामीले श्रीकेश तेल उत्पादक कम्पनि सप्तऋषि आयुर्वेद कहाँ दर्ता छ भनि प्रश्न गर्दा कम्पनिमा दर्ता रहेको हामीले फेला पारेका थियो। तर, आयुर्वेद विभाग र औषधी व्यवस्था विभागमा दर्ता नभएको स्रोतले बताएको छ।

कम्पनी म्यानेजर नवराज विश्वकर्मा भन्छन्,‘कस्मेटिक डाक्टरले पुष्टि गर्नुभएको छ’

यता कम्पनीका म्यानेजर बताउने नवराज विश्वकर्माले भने कस्मेटिक डक्टरको टिमले पुष्टि गरेपछि उक्त तेल उत्पादन र विक्री भएको बताए। उनले सप्तऋषी आयुर्वेद घरेलुमा दर्ता भएको समेत उनको दाबी छ।

दर्ताका लागि विभिन्न निकाय धाउने काम गरिरहेको समेत उनले बताए। औषधी व्यवस्था विभागमा दर्ता नभएको उनले नै स्विकार गरे। तर, कम्पनिले भने औषधीय प्रयोजनका लागि यो तेल विक्री गर्दै आएको छ। कम्पनिले औषधीय प्रयोजनका लागि कुनै पनि व्यवसाय गर्न नपाउने जानकारहरू बताउछन्।