२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ हजार ३९९ जनाको पिसिआर परीक्षणमा २ सय ५९ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आईतबार देसभर २ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको पिसिआर परीक्षणमा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार  पछिल्लो २४ घण्टामा ५ सय १३ जना निको भएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ। संक्रमणबाट थप ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या एक हजार ९ सय १७ पुगेको मन्त्रालयले जानकारी दिएको छ।