२० फाल्गुन २०८१, मंगलवार
March 4, 2025 Tuesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.42

Wind: 5.66

Humidity: 37

Latest
परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी नष्ट गरौँः सांसद कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ केजी गाँजासहित दुई भारतीय पक्राउ त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु, वैशाखसम्म काम सक्ने तयारी लदी पूजा गर्दै माझी समुदाय पाँच बुँदे सहमतिमा ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरे, आजदेखि ग्यास आपूर्ति सहज बनाउने ५ अध्यादेश भोलि नै संसदबाट पारित गराउने तयारी, कांग्रेस र एमालेले लगायो ह्वीप प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित नेप्से परिसूचक तीस अङ्कले घट्यो रणवीर इलाहाबादियालाई पोडकास्ट सुरु गर्न अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : माधव नेपाल(भिडियो सहित )



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको बताउनुभएको छ । 

सोमबार काठमाडौँमा प्रतिनिधि सभा विघटनका विरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताउनुभएको हो । ओलीको कम्युनिष्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको बताउनुभयो ।  प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेसिता र धर्मनिरपेक्षता प्रति कुनै अपनत्व नभएको उहाँको भनाई छ ।

अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफुहरुलाई दिन आग्रह गरेको पनि बताउनुभयो । उहाँले बहुमत केन्द्रीय कमिटी सदस्य आफुतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचली विधानसम्मत् चल्ने जानकारी दिएको बताउनुभयो । अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचन सम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरीएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उहाँले जिकिर गर्नुभयो ।

प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताउनुभयो । देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिहरुबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको पनि बताउनुभयो ।