१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्शानीको क्षति मापदण्ड र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको सुझाव News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम

राजस्थानलाई हराउँदै हैदरावाद आईपीएलको फाइनलमा, उपाधिका लागि कोलकातासँग खेल्ने

राजस्थानलाई हराउँदै हैदरावाद आईपीएलको फाइनलमा, उपाधिका लागि कोलकातासँग खेल्ने
अ अ+ अ-

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।

हिजो राति भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनलमा कोलकातासँगको भेट पक्का गरेको हो ।

हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन मात्र बनायो ।

राजस्थानका लागि ध्रुव जुरेलले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए पनि जितका लागि पर्याप्त भएन्। ३५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर यशस्वी जायसवाल ४२ रनमा आउट हुँदा कप्तान सञ्जु स्यामसन र टम कोहलर–क्याडमोरले १०/१० रन बनाए ।

हैदरावादका शाहबाज अहमदले सर्वाधिक तीन विकेट लिए। अभिषेक शर्माले २ तथा प्याट कमिन्स र थंगारसु नटराजन एकरएक विकेट लिए ।

त्यसअघि एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ बनाएको थियो । हैदरावादका लागि हेनरिक क्लासेनले अर्धशतक बनाए । उनले ३४ बलमा ६ छक्का सहित ५० रन बनाए । त्यस्तै १५ बल खेलेका राहुल त्रिपाठीले ३७ बनाए ।

ओपनर ट्राभिस हेडले ३८ रन बनाउँदा शाहबाज अहमद १८, अभिषेक शर्मा १२ रन बनाएर आउट भए । राजस्थानका ट्रेन्ट बोल्ट र आवेष खानले एकरएक विकेट लिए । सन्दीप शर्माको नाममा दुई विकेट रह्यो ।

हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएका थियो । यता राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु लाई ४ विकेटले हराएको थियो। आईपिएलको फाइनल आइतबार हुँदैछ।