२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ परेका छन् ।

विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजे भारतीय नागरिक ३९ वर्षीय नविन हरिशलाल गोक्लानीलाई सुनको लेपन लगाइएको कपडासहित पक्राउ गरेको हो ।

दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेटमा एक्सरे मेसिनमा स्क्यानिङ गर्दा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको थियो ।

पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद गरेको छ ।

पक्राउ परेका गोक्लानीलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।