१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए

प्रकृतिको पूजा गर्दै उभौली मनाइँदै

प्रकृतिको पूजा गर्दै उभौली मनाइँदै
अ अ+ अ-

मधेसैको लहरे वर पात खस्यो हरर हो ।
रेलमा चढी झ्यालेमा बसी, पछ्यौरी फरर ।
आकासैको गड्याङ र गुडुङ पातलैको भुइँचाल ।
मर्ने जति मरी ना गए बाच्नेको येई साल ।।

ढोल झ्याम्टाको सुरैमा यो गीत सुन्दा सबैलाई नाचौँ ना नाचौँ हुन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किराँत राई समुदायले मनाउने उभौली पर्व देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइन्छ । विशेषगरी बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको बुढापाकाको भनाइ छ । उधौली विशेषगरी एक दिन मनाइन्छ भने उभौली महिनौ दिनसम्म मनाइन्छ । हरेक साकेला थानमा विभिन्न लयका गीतहरु गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्कर हुने गर्छ ।

आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रक जस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरु अहिले उभौली, उधौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउँछन् । टोलटोलमा भइरहेका साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको दखिन्छ ।

धरान–१७ वान्तावा लाक्छाम संरक्षण समितिका सचिव तथा संस्थाका (सिलिहिाङपा) मिलन बासाखोरा राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “आफ्नो पुर्खाले मान्दै आउनुभएको चाडपर्व हामीले बिर्सिनु हुन्न, हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रुपमा लिइन्छ, त्यसैले हामीले १०/१५ दिन अगाडिदेखि भाइबहिनीलाई प्रशिक्षण गराई पूर्वको सबै ठाउँमा साकेला नाच्न जान्छाँै ।”

उहाँ जस्तै धरान–११ वान्तावा लाक्छाम संरक्षण समितिका सदस्य बरदान भरत राई साकेला किरात जातिको पहिचान रहेको बताउनुभयो । साकेला सुरु भएसँगै छुट्टै रमाइलो हुने बान्तावा सिलिका रुपमा विभिन्न गीतहरुको प्रस्तुत गरेर नाच्ने उहाँले सुनाउनुभयो । “आफ्नो सस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर भाई बहिनीलाई साकेला सिलिहरु सिकाएर धरान बाहेक सबै ठाउँमा नाच्न जाने गरेका छौँ”, उहाँले भन्नुभयो ।

साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको धरान–११ निलम राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो संस्कार संस्कृति अनि हाम्रा पुर्खाले मान्दै आउनुभएको चाडपर्व हामीले बिर्सिनु हुन्न, त्यसैले हामी भाइबहिनीलाई पनि लिएर साकेलाको समयमा नाच्न जान्छु ।”

दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा बोकेर गीतमा लय मिलाउँदै नाच्ने गरिन्छ । छातीमा पेचुरी धजुरी, बाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्दै नाचि रहेको हुन्छन् ।

साकेला सांस्कृतिक रुपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरकफरक हुने गरेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईको भनाइ छ ।

“साकेला एउटा अद्भुत शक्ति भएको ढुङगा जस्तै हो, कहिले ठूलो हुन्छ कहिले सानो हुन्छ । प्राकृतिक पुजक भएकाले प्रकृतिलाई पूजा गरेर साकेला नाच सुरु गरिन्छ”, उहाँले भन्नुभयो, “विशेष गरी साकेला हजारौ किमिमको नाच्ने गरिए पनि अहिले मुख्य तीनवटा सिलीमा नाचिन्छ, जसमा आराथानात्मक सिलि जस्मा प्रकृतिलाई पुज्ने घाम पानी हावा हुरी, आकाश जमिनलाई पुज्ने गरिन्छ भने अनुकरण सिलीमा हाम्रा सृष्टि सँगसँगै उत्पति भएका किरा फट्याङ्रा, चराचुरुङगी झिङ्गाहरुकोे नक्कल गरी नाच्ने गरिन्छ ।”

प्रतिक्रियात्मक सिलि हामीले दैनिक रुपमा गरिने कृयाकलापहरु बारी खन्ने, डोको बोक्ने, नमस्कार गर्ने जस्ता यी तीनवटा मुख्य आधारभित्र हजारौ सिलि हुन्छन् । जसमा रहेर साकेला नाच्ने गरिएको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राईको भनाइ छ । साकेला विशेषगरी हामीले उधौली र उभौलीमा मात्र नाच्ने गरिन्छ तर पछिल्लो समय विवाह, व्रतबन्धलगायतमा पनि नाच्ने गरेको पाइन्छ । साकेलाको बिड ढोल झ्याम्टा अनि त्यहा गुञ्जिने साकेला सिलिको धुनले नै पछिल्लो समय युवा पुस्ताहरुमा बाहुल्यता बढाएको राईको भनाइ छ ।

बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान बान्तावा सिलि लाक्छाम संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष चिन्तमणि राईको भनाइ छ । उहाँले भन्नुभयो, “पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाईने पितृ पुज्ने धामी अथवा ९नाक्छोङ० ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ । तर पछिल्लो समय लोभ हुदै गएको राईको भनाइ छ ।

पहाडी भेगमा रामनवमी सुरुभएसंगै साकेला मनाउन सुरु गरिन्छ  । टोल–टोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिड्ने चलन रहेको उहाँले बताउनुभयो । साकेला किरात राईहरुको विशुद्ध चाड रहेको पहिचान साहित्य लेखनका अभियनता तथा बागियान पत्रिकाका सम्पादक श्रीसिशा राईको भनाइ छ । उहाँले भन्नुभयो, “यो चाडमा किरात राईहरुले पुर्खा लाई सम्झेर सिलिमार्फत सम्मान गर्छन्”, उहाँले भन्नुभयो, “किरात राई समुदायमा पुर्खाहरुको ठूलो स्थान र महत्व छ वर्षमा दुई पटक उधौली र उभौलीमा पितृहरुको पुजा अथवा ९माङ० गर्ने चलन छ ।”

साकेला किरात राईहरुको पहिचानसँग जोडिएको छ , आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पुजालाई महान चाडको रुपमा लिने चलन किरात समुदायमा छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरु मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ । “साकेला अथवा उभौली–उधौलीप्रति युवा पुस्ताको चासो बढ्नु अत्यन्तै सकारात्मक छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय पहिचान र मौलिकताप्रति युवापुस्तामा आएको चेतना हो, आधुनिक पुस्तामा पनि अब आफ्नो उद्गम र थातथलोको महत्वको बोध हुँदै गएको छ ।”

पूर्वका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ । राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरु उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा उत्तिकै उल्लासमय रुपमा साकेला नाचिन्छ । काठमाडौँका टुँडिखेल, हात्तीवनलगायत स्थानमा साकेला भव्यताका साथ नाचिन्छ ।

चार किराँत (राई, लिम्बु, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उद्यौली पर्व भव्यताका साथ मनाउने प्रचलन छ । उँधौलीलाई लिम्बु, सुनुवार र याक्खाले समुदायले भव्य उत्सवका रुपमा मनाउँछन् भने राई समुदायले उभौली अर्थात् वैशाख पूर्णिमादेखि करिब एक महिनासम्म टोलटोलमा झोल झ्याम्टा बजाउँदै साकेला मनाउँछन् । मङ्सिर पूर्णिमा अर्थात् उँधौलीमा भने राई समुदायले एक दिन मात्र साकेला थानमा सिली नाचेर चलन छ ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाखाको भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ ।

किराँत जातिहरुको मागलाई सम्बोधन गर्दै सरकारले २०६४ सालमा उभौली अर्थात् वैशाख पूर्णिमा घोषणा गरेको थियो भने २०५८ सालमा उधौली अर्थात् मङ्सिर पूर्णिमालाई किराँत चाड भनेर घोषणा गरिएको थियो । उधौली र उभौलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । सरकारले किराँत चाड घोषणा गरेपछि उभौली र उधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ । रासस