१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य

काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला

काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला
अ अ+ अ-

काठमाडौ। नेकपा(एमाले)को प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय छानविन समिति माग नगरी सरकार माग गरेको आरोप लगाउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली काँग्रेसले संसदीय छानविन समितिको नाम गरेर सरकारको माग गरेको बताउनुभएको हो । उहाँले गृहमन्त्री रवि लामिछानेको नाममा छानविन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत काँग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने बताउनु भयो । उहाँले काँग्रेसको माग बदनियतपूर्ण र पूर्वाग्रहप्रेरित रहेको बताउनु भयो । उहाँले कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘यस्तो बदनियत राखेर एउटा कोही अमुक व्यक्तिका नाममा अनुसन्धान गर्नका लागि अनुसन्धान अधिकारी नेपाली कांग्रेसले नियुक्त गर्न पाउँदैन । नेपाली कांग्रेसको यसप्रकारको दादागिरी, उदण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन । यदि काँग्रेस संवादको माध्यमबाट अगाडी बढ्न तयार छ भने हामी सम्वादको सबै वातावरण बनाएर अगाडी जान तयार छौँ । कार्यदलको बैठक बस्न सक्छ । कार्यदललाई व्यवस्थित ढंगले लैजान चाहान्छौँ । सहकारी पीडितलाई न्यायको प्रक्रियाबाट अगाडी जान चाहन्छौँ । बचतकर्ताहरुको वचतको सुरक्षाको सुनिश्चितता गर्न चाहान्छौँ । ठगि र बदमाशी गर्नेहरुलाई कारबाही गर्न चाहन्छौँ । त्यो यो संसदीय छानविन समितिले गर्न सक्छ । तर नेपाली काँग्रेस तयार छ ? तपाईहरुलाई चाहिएको छ रवि लामिछानेको नाम । नाम लिने, भोलिपल्टदेखि सदनमा राजीनामा माग्ने । सरकारलाई ढाल्ने । अस्थिरतातर्फ मुलुकलाई लैजाने दाउपेच नेपाली कांग्रेसको छ । नेपाली कांग्रेसले समिति माग गरेको होइन । समितिको नामबाट सरकार माग गरेको हो । जुन कुरा असम्भव छ । नेपाली कांग्रेसको त्यो बदनियत हो भन्नेकुरा, पूर्वाग्रहप्रेरित छ भन्ने कुरा उसको समग्र चरित्र र व्यवहारबाट उदाङ्गो भएको छ ।’

उहाँले संसदीय छानविन समितिको कार्यादेश टुंग्याउन प्रमुख प्रतिपक्ष दलसँग संवाद कायम राखिने पनि बताउनु भयो ।