११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ?

प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ?
अ अ+ अ-

काठामडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिनुभएकोप्रति आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उहाँले त्यसप्रति आपत्ति जनाउनुभएको हो । नेता कोईरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाल आफैँलाई प्रधानमन्त्री के का भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गर्नुभयो ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोईरालाले निर्वाचन प्रणालीकाकारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढने कुरामा ठूला दल काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अडान समेत दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक स्थिरता यो देशमा छैन । मैले अघि सभापतिजीलाई सोधेँ–के हुन्छ भोलि ? खै, के हुन्छ भनेर भन्नु भयो । मुलुकको राजनीतिक अवस्था त्यस्तो छ । अत्यन्त नाजुक अवस्थाबाट देश अगाडि बढिरहेको छ । राजनीतिक दलहरु को प्रधानमन्त्री हुनेमा नै सीमित भइरहनुभएको छ ।

मलाई त त्यही आभास हुन्छ । सबै राजनीतिक दलको नेतृत्व वर्गसँग कुरा गर्दाखेरी को प्रधानमन्त्री हुने, कसरी जाने सोच बनाएर अगाडि बढिरहनु भएको छ । के को लागि प्रधानमन्त्री बन्ने ? प्रधानमन्त्री बनेर गर्ने के ? भन्ने कुरा आज तपाईहरुले कसैलाई सोध्नुभयो ? प्रचण्डजीलाई नै गएर सोध्नुभयो भने पनि उहाँले पनि भन्नसक्ने अवस्था छैन । म यसो गर्छु, उसो गर्छु त भन्नुहुन्छ । तर उहाँलाई अहिले अप्ठ्यारो के परिराखेको छ भने ७ गते विश्वासको मत लिनुछ ।

कति चोटी विश्वासको मत लिनु हुन्छ ? सरकारमा प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ । ३ चोटी त भईसक्यो । र यही तरिकाले सरकार चल्ने हो भने अझ २÷४ चोटी सरकार फेरिरहन्छ । र सरकार फेरीरहँदाखेरी पोलिसीहरु चेन्ज भईरहन्छ । अनि त्यसको मार तपाईहरु जस्तो व्यवसायीलाई पर्छ । त्यसैले राजनीतिक स्थायित्व हामीहरुले दिन सक्नुपर्दछ । राजनीतिक स्थायित्व दिन सकियो भने आर्थिक विकास बिस्तारैबिस्तारै हुँदै जान्छ । त्यसमा कसैले भनिरहनु पर्दैन ।

अलिकति हामीहरुले पोलिसीहरु चेन्ज गरिकन लगानीका लागि ऐनहरुलाई चेन्ज गरिदियौ भने हुन्छ । सुशासन छँदैछैन भन्ने कुरा पनि गर्नुभयो । पक्कै पनि हो । राजनीतिक स्थिरता नभई सुशासनको कल्पना गर्नु हुँदैन । सुशासनको कल्पना नै नगर्नुस् । सुशासन हुन्छ भनेर । राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन, पारदर्शिता यो सँगसँगै जाने कुरा हो । यो जानका लागि बाधक के छ त ? भन्दा हाम्रो संविधान नै बाधक हो कि भन्ने मलाई लाग्छ ।

संविधानले निर्वाचन प्रणाली यस्तो बनाई दिएको छ । कुनै पनि दलको बहुमत आउनै सक्दैन । सम्भव नै छैन निर्वाचन प्रणाली यस्तो बनाई दिएको छ । त के गर्नु ? निर्वाचन प्रणाली परिवर्तन गर्नुप¥यो । निर्वाचन प्रणाली परिवर्तन गर्न दुई तिहाई बहुमत चाहियो । दुई तिहाई बहुमत कसरी आउँछ ? हाम्रो संविधानमा निर्वाचन प्रणाली बाधक भएर बसेको छ जस्तो लाग्छ । यो मेरो विचार हो पर्शनल । त्यसका लागि दुई वटा ठूला दल एक ठाउँमा नउभिई दुई तिहाई बहुमत आउन सक्दैन अहिले । तर एउटा डर त छ । दुई वटा ठूलो दल एक ठाउँमा उभिदाखेरी के हुन्छ त भन्दा निरंकुशतातिर देश जान्छ कि भन्ने ठूलो डर छ मान्छेहरुमा र म मा पनि त्यो डर छ ।

हामी किन जाने, के का लागि ? किन सरकार परिवर्तन गर्ने ? संविधानमा केही सुधारहरु गर्नुपर्नेछ । त्यसका लागि सरकारमा जानुपर्छ भनेर पहिलो निर्णय गर्नु पर्छ । अनि के के मा सुधार गर्ने भन्ने छलफल भएपछि मात्रै सरकारमा जानुपर्छ । होइन भने हामी जानु हुँदैन त्यसरी । के को लागि जाने ? देखिरहनु भएको छ त प्रधानमन्त्री फटाफट चेन्ज हुनु भयो । प्रधानमन्त्री उही हुनुहुन्छ । उहाँ भन्दा अघि हाम्रो शेरबहादुरजी नै प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यो भन्दा पहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्थ्यो । कसले के गर्नु भयो ? आज पनि त्यही गुनासो छ ।

गुनासो चेन्ज भएको छैन तपाईहरुको । त्यसकारण त्यो निर्वाचन प्रणालीलाई चेन्ज गर्ने हो र केही सुधारहरु गर्नुपर्ने छ भने त्यतातिर हामीहरुले ध्यान पु¥याउनुपर्ने मैले आवश्यक्ता देखेको छु । होइन भने देश यसैगरी चल्यो भने भयाबह स्थिति छ । यसलाई सुधार गर्न सकिदैन भन्ने होइन । नेपाललाई समुन्नत नेपाल, समृद्ध नेपाल हामी बनाउन सक्छौं ।

तपाईहरुले बनाउन सक्नु हुन्छ । हामीमा आँट, जोश, जाँगर छ । युवाहरु छन् । हामी सक्छौं । तर जसरी देशमा भ्रष्टाचारले जालो गाडेको छ । सुशासन छँदैछैन । यसरी देश अव अगाडि बढ्न सक्दैन । यी सब कुराहरुलाई ठिक पार्नका निम्ति, राजनीतिक स्थायित्व दिनका निम्ति हामीहरु एक ठाउँमा उभिनै पर्छ ।’

नेता कोईरालाले निर्वाचन प्रणालीमा सुधार गरेर अघि नबढ्ने हो भने मुलुकलाई बर्बाद हुनबाट कसैले पनि जोगाउन नसक्ने बताउनु भयो ।