५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने



अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतिकरण गरिने बताइएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने जानकारी गराउनुभएको हो । उहाँले राष्ट्रिय विद्युत प्रणालीमा नजोडिएका र विद्युत पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतिकरण गरिने बताउनु भयो ।

विद्युत वितरण सबस्टेशनहरुलाई स्वचालित बनाइने र स्थानीय तह समेतको समन्वयमा स्मार्ट मिटर वितरण गरिने पनि सरकारको नीति तथा कार्यक्रम रहेको उहाँले उल्लेख गर्नुभयो । बुढीगण्डकी जलविद्युत आयोजना र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण कार्य अगाडी बढाइने पनि भनिएको छ । त्यस्तै, दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणपूर्वका कार्य सम्पन्न गरिने पनि उल्लेख गरिएको छ ।

नीति कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो – ‘आगामी आर्थिक वर्ष भित्र राष्ट्रिय प्रणालीको कुल विद्युत जडित क्षमता ४ हजार ५०० मेघावाट र प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट घण्टा पु¥याइनेछ । सौर्य ऊर्जाको समेत विद्युत खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याइने छ । बुढीगण्डकी जलविद्युत आयोजना र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण कार्य अगाडी बढाइने छ । दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणपूर्वका कार्य सम्पन्न गरिनेछ ।

राष्ट्रिय तथा अन्तरदेशिय उच्च क्षमताका विद्युत प्रशारण लाइनको सुदृढीकरण, बिस्तार एवं स्तरोन्नति गरिनेछ । हेटौँडा, ढल्केबर, इनरुवा प्रशारण लाइनको निर्माण सम्पन्न गरिनेछ । बुढीगण्डकी करिडोर प्रशारण लाइनको निर्माण शुरु गरिनेछ । न्यूू बुटवल गोरखपुर खण्डको निर्माण कार्य अगाडी बढाइने छ । राष्ट्रिय विद्युत प्रणालीमा नजोडिएका र विद्युत पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतिकरण गरिने छ । आगामी आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिनेछ । विद्युत वितरण सबस्टेशनहरुलाई स्वचालित बनाइनेछ । स्थानीय तह समेतको समन्वयमा स्मार्ट मिटर वितरण गरिनेछ ।’

हेटौँडा, ढल्केबर, इनरुवा प्रशारण लाइनको निर्माण सम्पन्न गरिने पनि जनाइएको छ ।