२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो

अमेरिकै बस्ने भ​ए यी ४ कुराहरु नभुल्नु !

अमेरिकै बस्ने भ​ए यी ४ कुराहरु नभुल्नु !
अ अ+ अ-

१)  यी प्राइभेसि कुराहरु गोप्य राख्नुहोला अमेरिकामाः अमेरिकि सरकारले प्रदान गर्ने सोसियल सेक्युरिटि नम्बर, आफ्नो जन्म मिति, घरको ठेगाना, घरको फोन, सेल फोन, ड्राइभर लाइसेन्स नम्बर परिचय पत्र र क्रेडिट कार्ड, डेबिट कार्ड र बैक खाता नम्बर, राउटिङ्ग नम्बर र चेकबुक अत्यन्त सुरक्षित राख्नुहोला। जथाभाबि अनलाइन फर्म, अनलाइन सुचना तथा जथाभाबि शेयर नगर्नुहोला। जसबाट तपाइको आइडेन्टिटि चोरि भै फ्रडहरुको घानमा परि तपाइको बैकको डलर रित्याइदिनसक्छ, तपाइको नाममा बिभिन्न सुबिधाहरु दुरुपयोग गरि तपाइलाइ कलेक्सन कम्पनिमा जाकिदिन सक्छ। जसबाट जतिबेला तपाइको क्रेडिट ध्वस्त भैसक्ने छ, जुनबेला तपाइले थाहा पाउनु हुनेछ त्यसबेला ढिला भैसक्नेछ। अति आबस्यक स्थान, कार्यालय, सरकारि काम, भरपर्दो आफन्त वा अति नजिकको भाइसाथि र बैन्किङ्ग काम र अतिआबस्यक युटिलिटि तथा सेवाप्रदाय कम्पनिहरु बाहेक अन्यलाइ सकेसम्म आफ्ना यि गोप्य कागजातहरु शेयर नगर्नुहोला। यस मामलामा धेरैलाइ बिस्वास नगर्नुहोला, कुनबेला को पराइ बनिदिने हो र तपाइलाइ वा तपाइको गोप्य महत्वपुर्ण कागजातहरु दुरुपयोग गरिदिने हो भन्न सकिदैन र को कसको मनमा पुग्न सक्छ ररु घरमा, बैङ्कको लकरमा वा आफुलाइ गोप्य लाग्ने स्थानमा मात्र यि कागजहरु सुरक्षित राख्नुहोला।

२) अमेरिकामा अपराध गर्नबाट टाढै बस्नुहोला यदि तपाइ 'पिस अफ माइन्डू प्राप्ति, सफलता र केहि गर्छु भन्ने हो भने कुनै खाले अपराधबाट आफुलाइ बचाउनुहोस। अमेरिकामा अपराधका ऋङ्खलाहरु छन। भोइलेशन, मिस्डेमेअनोर र फेलोनि।' फेलोनिू सबैभन्दा सकसपुर्ण सजाय हो अमेरिकामा। अदालतबाट फेलोनिको सजाय पाउने अमेरिकनले सकेसम्म जागिर पाउदैन। सरकारि, निजि वा अर्धसरकारि वा कुनै पनि खाले जागिरमा हायर गर्ने छैनन। कुनै फेडेरल एबम राज्य स्तरको कुनै लाभावान्बित वा अमेरिकन सबिधानले अमेरिकन नागरिकहरुलाइ प्रदान गरेको नैसर्गिक सुबिधाबाट समेत बन्चित हुनु पर्नेछ। ब्यबसाय खोल्न अनुमति पाएपनि ब्यबसायमा कुनै सेवा राख्न फेलोनले पाउदैनन जसबाट ब्यबसाय एबम कुनै आयाअर्जनको काममा पनि असर पुग्नेछ। आप्रबासिको हकमा मल्टिकाउन्ट फेलोनिले तपाइसङ्ग भएको ग्रिनकार्ड समेत अमेरिकि अध्यागमनले खारेज गरि सजाय भुक्तान पश्चातडिपोर्ट गरिदिनसक्छ। कानुनको मुलुक अमेरिकामा अपराध छिपाउन, लुकाउन, लुक्न, गुसपैठ गर्न, प्रभाबित पार्न वा मुक्ति पाउने छैन। तपाइ के बोल्नुहुन्छ यसको अर्थ राख्दैन ।अमेरिकामा कागज र तपाइको गतिबिधि डकुमेन्ट बोल्नेछ। अमेरिकामा स्वतन्त्रता, अबसर, सफलता र पिस अफ माइण्ड भनेकै अपराध गर्न र परिबन्दमा पर्नबाट जोगिनु जरुरि छ। कानुनसङ्ग जिस्कने, खेलाचि गर्ने, खेल्ने र लापरबाहिले अमेरिकामा सडाउनेछ।

३) कर तिर्नुहोस र आफ्नो आम्दानिलाइ पारदर्शि बनाउनुहोस अमेरिकामा। तपाइले नगदमा तलब बुझिरहनुभएको छ, करमा दाखिला गर्नु भएको छैन वा देखाउनु भएको छैन भने कालान्तरमा तपाइ अत्यन्त अप्ठेरोमा पर्नु हुनेछ। जसबाट तपाइ आइ आर एस आन्तरिक राजस्व कार्यालयको कारबाहिमा पर्नु हुनेछ। अमेरिकमा आर्थिक अपराधलाइ ठुलो अपराध मानिन्छ र यस्तो अबस्थामा कारबाहिमा पर्नु भयो भने भबिस्यमा तपाइको ब्यबसाय एबन ब्याक्तिगत र पारिवारिक बेनेफिट र जिबनपनमा ठुलो धक्का पुग्नेछ। काम गर्नुहोस, पेरोलमा आफुलाइ राख्नुहोस र अमेरिकिन सरकारले तोकेको बार्षिक आम्दानि भन्दा बढि आम्दानि देखिने भयो र तपाइको अन्य सुबिधामा जस्तै फुडस्ट्याम्प, विक तथा मेडिकेड, मेडिकेयरमा असर पुग्न खोजेमा केहि तलब नगदमा बुझेर बाकि पेरोल चेकमा राख्न सक्नुहुनेछ। यो गोप्य सुझाब हो तपाइहरुका लागि। तर काम गरेपछि कर तिर्नुहोस। यसो गर्नु भएन भने भोलि भबिस्यमा तपाइको न क्रेडिट बढ्छ, न घर किन्न पाउनु हुनेछ न गाडि पेमेन्टमा पाउनु हुनेछ न भोलि उधारो वा लोनमा केहि सुबिधा पाउनु हुनेछ। कर तिरेर कर दाखिला गर्न नबिर्सनुहोला। तपाइले लाखौ लाख डलर नगदमा कमाउनु भयो, करमा दाखिला गर्नु भएको छैन भने तपाइको ति सबै आम्दानि गैरकानुनि मात्रै हुदैनकि गैरकानुनि रुपमा २ हज्जार भन्दा बढि नगद फेला पर्यो भने र तपाइले कर तिरेको प्रमाण दिन सक्नु भएन भने तपाइलाइ जेल लैजाने छ। नगद २ हजार भन्दा बढि नबोक्नुहोला यदि कानुनिसँगत रुपमा कमाउनु भएको छैन भने। ९९९ भन्दा बढि डलर मनि ट्रान्सफर मार्फत नपठाउनुहोला। ९९९९ भन्दा बढिको ॠण लिनदिन गर्नु भएको छ भने चेकबाट काम गर्नुहोस। कानुनु रुपमा १० हज्जार भन्दा बढि ॠण दिएर ब्याज लिनु भएको छ भने त्यो मनि लण्ड्रि कानुनेले निषेध गरेको छ अमेरिकामा। नगदमा ढुकुटि खेल्ने, ढुकुटि चलाउने र ९९९९ भन्दा बढिको कारोबार नियमसगत नपाइएमा वा नगदको चलखेल गरेको पाइएमा वा ढुकुटि बुझेको डलर सबै गैरकानुनि हो अमेरिकामा। यदि आइ आर एसले पत्ता पाएमा ढुकुटि खेल्ने र खेलाउने सबै मनि लण्ड्रिङ्गमा जेल जान सक्नेछ। १००० डलरको मनि अडर वा मनि ट्रान्सफर गलत मानिस वा अमेरिकन सरकारले तोकेको ७००० भन्दा बढिको टेरोरिष्ट ग्रुप वा ब्याक्तिलाइ पठाइएको वा चेक पठाइएको पाइएमा सिधै जेल जानुपर्नेछ। १००० डलर भन्दा माथिको मनि अडर र मनि ट्रान्सफर गर्दा आफ्नो आम्दानिको स्रोत खोल्नुपर्नेछ। हुण्डि गैरकानुनि हो अमेरिकामा। यि सबै कामबाट बच्नुहोला। कुनैबेला जतिखेर पनि फाइनान्सियल अपराधको सामना गर्नु पर्ने हुन्छ। अमेरिकामा तपाइका आर्थिक गतिबिधि नियाल्ने, चेक एन्ड ब्यालेन्स गर्ने, निगरानि राख्ने बिबिध कर्नरहरु हुन्छन। एकातिर छल्न, लुकाउन र छिपाउन खोज्दा अर्को निति र तरिकाबाट तपाइ समातिन सक्नु हुन्छ। कानुन मिच्ने, कानुनलाइ हेप्ने र कानुनको अनुशरण नगरे कुनै बेला पनि नि कार्बाहिमा पर्ने हुदा आफ्नो आम्दानि, खर्च र कर दाखिला र आर्थिक अनुशानको ख्याल गर्न जरुरि हुन्छ।

४)अमेरिकामा लिज, सम्झौता, सहमति वा कुनै कन्ट्रयाक्ट वा लिनादेना वा सेवासुबिधा आदानप्रदान गर्दा वा कुनै खाले लिखितम कागज गर्दा वकिल वा जानेको बुझेको मानिसलाइ देखाएर वा सम्बन्धित क्षेत्रको बिशेषज्ञलाइ देखाएर बुझेर मात्रै हस्ताक्षर गर्नुहोला। सरकारि, निजि, कर्पोरेट हाउसहरुले तपाइलाइ डुबाइदिन सक्छन, यदि तपाइले नबुझिकन सहिछाप गरिदिनु भयो भने। फोन कम्पनि, बिजुलिबत्ति, कुनै युटिलिटि, बसाइ लिज, कुनै सेवा प्राप्त गर्दाको सम्झौता, ब्यबसाय वा कुनै भेन्डर वा कुनै कम्पनिसङ्ग सम्झौता, कन्ट्रयाक्ट गर्दै हुनुहुन्छ भने भाषा, त्याहा लेखिएका शब्द शब्द र हरफहरु बुझ्ने मानिस वा वकिलको सहाराबिना हस्ताक्षर नगर्नुहोला। जसले तपाइलाइ ठुलो आर्थिक एबम मानसिक क्षति पुर्याइदिनसक्छ। एकपटक नबुझिकन सम्झौता गर्नुभयो भने तपाइको दिनदशा यहिबाट शुरु हुनेछ अमेरिकामा।