५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अहिले कसैले हिटलरजस्तै अधिकार खोजेर हुन्छ ?’



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ ।

मंगलबार मुद्दाको सुनुवाइमा बहस गर्दै अधिवक्ता हर्कबहादुर रावलले अहिले कुनै शासकले पृथ्वीनारायण शाह, हिटलर वा विन्सटन चर्चिलको पद्धति खोज्न नपाउने बताउदै उनले संविधानले तोकेभन्दा बाहिरको सीमामा कोही जान नसक्ने तर्क गरेका हुन् ।

'यहाँ आज आएर कुनै शासकले पृथ्वीनारायण, हिटलर वा चर्चिलको पद्धति खोज्न पाउँदैन', उनले भने, 'यस्तो पद्धति आजको हाम्रो संविधानले स्वीकार्दैन । हाम्रो पद्धतिले शासकको विशेषाधिकार हेर्दैन । नगरिकका विशेषाधिकार हेर्छ ।'

संविधानले  प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार नदिइएको उनको तर्क छ । 

त्यसपछि रावललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रश्न गरे, 'प्रधानमन्त्रीले संसदमा जाने, संसदीय दलमा गएर सबै प्रक्रिया पूरा गर्यो अनि पनि विघटन गर्यो भने के गर्ने ? त्यसको हल के छ ?' 

रावलको जवाफ नआउँदै जबराले पुनः सोधे, 'संसद्ले सहयोग गरेन भने विघटन गर्न पाउँछ ?'

रावलले उत्तर दिए, 'पाउँदैन ।' 

जबराले फेरि सोध, 'प्रधानमन्त्री होइन, दलले नै चलाउँदिनँ भन्यो भने के गर्ने ?'

रावलले त्यही उत्तर दिए, 'पाउँदैन ।'