४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा कति छन् मोबाइल प्रयोगकर्ता ? जान्नुहोस्



अ+ अ-

काठमाडौं । विश्वका ६ अर्बभन्दा बढी व्यक्तिसँग मोबाइल फोन रहेको तथ्यांक सार्वजनिक भएको छ। विश्वमा जति जनसंख्या छ लगभग त्यत्तिकै संख्यामा मोबाइल प्रयोगकर्ता पनि रहेको कुरा संयुक्त राष्ट्रसंघीय टेलिकम संस्थाले जनाएको छ।

सञ्चारका कारण संसार अहिले यति साँघुरो भएको छ कि मोबाइल नहुने मानिसले कसरी आफ्नो दिनचर्या चलाउँलान भनेर अचम्म मान्नु पर्ने अवस्था छ। अन्तर्राष्ट्रिय दूरसञ्चार  युनियनका अनुसार त्यसमध्ये १ अर्ब मोबाइल त चिनियाँ नागरिकले नै प्रयोग गर्छन्। १ सय ५५ देशमा गरिएको अध्ययनपछि यो तथ्यांक  सार्वजनिक गरिएको हो। 

स्वीजरल्यान्डको जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनले सन् २०११ को अन्त्यसम्ममा विश्वका  दुई अर्ब व्यक्तिले इन्टरनेटको प्रयोग गरिरहेको पनि जनाएको छ।