२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

प्रधानमन्त्री कपमा विभागीय टोलीको जित

प्रधानमन्त्री कपमा विभागीय टोलीको जित
अ अ+ अ-

काठमाडौं । विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दा अर्को खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकालेको हो ।

आर्मीले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सम्पन्न सबै तीन खेलमा प्रदेश–१ ले नतिजा सुम्पिएको छ । पुलिसले जारी प्रतियोगितामा लगातार पहिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले लगातार दुई खेलमा नै पराजय भोगेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश–१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्दा आर्मीको जारी प्रतियोगितामा लगातार तेस्रो जित निक्लिएको हो । आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाउँदा भिम सार्कीले २९, राजेश पुलामी२४ रनमा नट आउट रहे । लोकेश बमले १३ रन बनाए ।
प्रदेश–१ का फिर्दोस अन्सारी,ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभंकर उराले १÷१ विकेट लिए ।

यस अघि पहिलो ब्याटिङ गरेको प्रदेश–१ ले ४०.१ ओरभमा सबै विकेट गुमाएर मत्र १ सय ३१ रन  जोड्न सक्यो । प्रदेश–१ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९, दिपेश कँडेलले ११ रनको योगदान गरे । बलिङमा आर्मीका शाहब आलमले ४ विकेट हात पार्दा आकाश चन्दको नाममा ३ विकेट रह्यो । जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ ।

समूह ‘ए’ को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ । यस अघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो । समूह ‘ए’ मा रहेको प्रदेश–१ यस अघि एपिएफ र गण्डकी प्रदेशसँग पराजित भएको थियो । यो सँगै प्रदेश–१ को नकआउट चरण यात्रा समाप्त भएको छ ।

दिनको अर्को खेलमा पुलिसलाई पहिलो जिताउनका लागि सुनिल धमला र कुशल भुर्तेलले अर्धसतकिय इनिङ्स खेले । धमलाले ५३ रन जोड्दा कुशल भुर्तेल ५१ रन नटआउट रहे । सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको हो । पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए  ।अमित श्रेष्ठ १ रनमा अविजित रहे ।सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३.१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन जोडेको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे ।अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रनको व्यीक्तगत स्कोर बनाए । सुदूरपश्चिमको इनिङ्सलाई न्युन स्केरमा रोक्न पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४÷४ विकेट लिए । दुई खेलबाट पहिलो जित निकालेको पुलिसको २ खेलमा तालिकामा २ अंक भएको छ ।  समूह ‘बी’ मा रहेको पुलिस पहिलो खेलमा बाग्मती प्रदेशसँग पराजित भएको थियो । सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतीसँग नै पराजित भएको थियो । लगातार पराजय भोगको सुदूरपश्चिमको अघिल्लो चरणको यात्रा कठिन भएको छ । आगमी खेलमा अघिल्लो चरण प्रवेशका लागि जित्ने पर्ने दबाब भएको छ ।

प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबले लम्बिनी प्रदेशसँग प्रतिस्र्धा गर्दा मूलपानी मैदानमा एपिएफ क्लबले गण्डकी प्रदेशसँग खेल्ने छ ।