३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको कीर्तिमानी गोलसंगै युभेन्टसलाई सुपरकपको उपाधी



अ+ अ-

मिलान । युभेन्टसले बुधबार नेपोलीलाई २–० ले हराएर इटालियन सुपरकप जितेको छ । आन्द्रे पिर्लोले प्रशिक्षकका रूपमा जितेको यो पहिलो उपाधि हो । क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी ७ सय ६०औं गोल समेत भएको छ । 

पोर्चुगाली फरवार्ड रोनाल्डोले भलीबाट पहिलो गोल गरेपछि सब्स्टिच्युट अल्भारो मोराटाले इन्जुरी समयमा दोस्रो गोल थपे । रोनाल्डो यो उपलब्धिसँगै फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी पनि भएका छन् ।

यद्यपि यसलाई लिएर विवाद भने पाइन्छ । रोनाल्डोले जोसेफ बिचानको नाममा रहेको सर्वकालीन सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपलब्धिलाई उछिनेको मानिन्छ ।